
पोखरा स्पोर्टस । पोखरामा सम्पन्न एक भेलाले बेद प्रसाद शर्माको अध्यक्षमा कास्की जिल्ला केन्पोकाई संघ गठन गरेको छ ।
आगामी ४ वर्षका लागि शर्माको अध्यक्षतामा संघ गठन गरिएको संघका केन्द्रिय कार्यवाहक अध्यक्ष हरि बहादुर खड्का (नाराज)ले जानकारी दिएका हुन् ।
पोखरा रंगशालामा सम्पन्न भेलाले संघको उपाध्यक्षमा शरिता खत्री क्षेत्री, सचिवमा रदिन सुनार र कोषाध्यक्षमा नारायण अधिकारी चयन गरेको छ ।
त्यसै गरी कार्यसमितिको सदस्यमा स्वंम्भू कुंवर, विमला सिंह, भिजोल बंशी र अर्जन विश्वकर्मा रहेका छन् ।
नवनिर्वाचित कार्यसमितलाई जिल्ला खेलकुदका कार्यालय प्रमुख सुन बहादुर लामा, कार्यबाहक अध्यक्ष खड्काले सफल कार्यकालको शुभकामना दिएका थिए ।
