
पोखरा स्पोर्टस । नेपाल बक्सिङ संघको अध्यक्षमा राम अवालेले निरन्तरता पाएका छन् ।पोखरामा बुधबार सम्पन्न संघको छैटौं साधारण सभा तथा अधिबेशनले उनलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

यसै गरी सम्पन्न अधिवेशनले आगामी ४ वर्षका लागि २० सदस्यिय कार्यसमिति समेत निर्वाचित गरेको नेपाल ओलम्पिक कमिटिका सह महासचिव एवं निर्वाचनका पर्यवेक्षक पिताम्वर तिमिल्सिनाले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
संघको वरिष्ठ उपाध्यक्षमा अर्जुन बहादुर केसी र पाँच उपाध्यक्षमा क्रमशः भोजराज सिटौला, गणेश बहादुर भट्टराई, सविन भट्टचार्य, ओमनारायण श्रेष्ठ र राम बहादुर गिरी निर्वाचित भए ।
त्यसै गरी महासचिवमा मान बहादुर भण्डारी, सचिवमा पुश्करराज पन्त, कोषाध्यक्षमा गौतम सुजखु निर्वाचित भएको संघले जनाएको छ ।
कार्यसमिति सदस्यमा गोविन्द डंगोल, रेशम पुन, मिलन ध्वज राणा, बम बहादुर स्याङ्गतान, रेखा थापा मगर, रमेश अधिकारी, दुर्गा गहतराज, लक्ष्मण कार्की, संजय कुमार पासवान र समर जंग बहादुर चन्द निर्वाचित भएका छन् ।
यस अघि बुधबार नै उक्त साधारण सभा तथा अधिवेशनको उद्घाट राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले गरेका थिए ।
