वर्ल्ड च्याम्पियनसिपमा जाने नेपाली पौडी टोलीको बिदाई

पोखरा स्पोर्टस । जापानको फुकुओका सहरमा आयोजना हुने वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा सहभागी हुन जाने नेपाली पौडी टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले राष्ट्रिय झण्डासहित बिदाई गरे ।

ओलम्पिकको छनौट प्रतियोगिता समेत रहेको च्याम्पियनसिपमा गौरिका सिंह, एलेक्जेन्डर गादेगाद शाह, डुवाना लामा र नासिर याह्या हुसेनले प्रतिस्पर्धा गर्ने भएका हुन् । नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यको नेतृत्वमा जापान जाने टोलीमा टिम प्रशिक्षकमा ओलम्पियन नयना शाक्य, टिम ब्यवस्थापकमा नरेश बैद्य र अफिसियलमा संजय शाह रहेका छन् ।

अध्यक्ष अशोक बज्राचार्यले श्रावण ७ देखि १३ गते (जुलाई २३ देखि २९ तारिख २०२३) सम्म आयोजना हुने च्याम्पियनसिपका दौरान हुने वर्ल्ड एक्वाटिक कंग्रेशमा सहभागिता जनाउने छन् ।

यस्तै उक्त च्याम्पियनसिपमा २३ तारिख नासिरले ४०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् भने २४ मा गौरिकाले १०० मिटर ब्याकस्ट्रोक र नासिरले २०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् । २५ तारिख डुवानाले २०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छिन् ।

२६ तारिख गौरिकाले ५० मिटर ब्याक स्ट्रोक र एलेक्जेन्डरले १०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् । २७ तारिख डुवानाले १०० मिटर फ्रिस्टायलमा र २८ तारिख एलेक्जेन्डरले ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् ।

सदस्य सचिव घिसिङ्गले टिमलाई राष्ट्रिय झण्डा प्रदान गर्दै खेलाडीहरुलाई उच्चस्तरको प्रदर्शनका साथ ओलम्पिकमा छनौट हुन सफलताको शुभकामना प्रदान गरे । टोली बुधबार जापान तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close