स्टार कफिले जित्यो प्रथम एमेच्युअर फुटसलको उपाधि

पोखरा स्पोर्टस । खेलकुद विकास मञ्च पोखराको आयोजनामा भएको स्व. याम (राम) बहादुर थापा स्मृति प्रथम एमेच्युअर फुटसल रनिङ शिल्ड प्रतियोगिताको उपाधि स्टार कफिले जितेको छ ।

पोखरा ४ गणेशटोल स्थित स्पोट्र्स क्यासलको फुटसल कोर्टमा शनिबार राती सम्पन्न फाइनल खेलमा बाइलेज एफसी लेकसाइडलाई २–१ गोल अन्तरले हराउँदै स्टार कफिले उपाधि चुम्दै नगद ५० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ ।

उपविजेता बाइलेजले २५ हजार रुपैयाँको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

बाइलेज एफसीका नकुल तामाङ उत्कृष्ट खेलाडी घोषित भए । बाइलेजकै गोलरक्षक मुमिन तामाङ उत्कृष्ट गोलरक्षक घोषित भए । स्टार कफिका शन्दिप तामाङले सर्वाधिक गोलगर्दै उच्च गोलकर्ताको ट्रफि हात पारे । उनले कुल ८ गोल गरे । सनराइज एफसीका विरेन पुलामी मगर उदयीमान खेलाडी घोषित भए । उत्कृष्ट सबैले ट्रफि हात पारे ।

३६ टिमको सहभागिता रहेको प्रतियोगितामा सनराइज एफसी काठमाडौं अनुसाशित टिम घोषित भयो । प्रतियोगिता दुई दिनसम्म संचालन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close