
पोखरा स्पोर्टस । नेपाली तेक्वानदो टोली थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्ने भएको छ ।


यहि जुलाई १४ बाट सुरु हुने एक अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा सहभागिता जनाउन त्यस तर्फ प्रस्थान गर्न लागेको हो । नेपाली टोली शुक्रबार बैंककतर्फ प्रस्थान गर्न लागेको प्रतियोगिताको सिनियर महिला पुम्सेतर्फ सहभागि रहेकी खेलाडी रेख मायाँ गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिएकी छन् ।
उनीहरुलाई नेपाल तेक्वान्दो संघले एक कार्यक्रमका विच विदाई गरेको छ ।
प्रतियोगितामा करुण खाँड, विक्रम लामिछाने, प्रविन बायक, मियोङ गुरुङ र निरु कुमारी मगरले प्रतिस्पर्धा गर्ने भएका छन् । सहभागि खेलाडी मध्ये पोखराका मियोङ गुरुङले १२ देखि १४ वर्ष मुनी पुम्सेतर्फ, करुण खाँडले ४६ केजी तौलतर्फ र रेख मायाँ गुरुङले ३० देखि ४० वर्ष मुनी पुम्सेतर्फ प्रतिस्पर्धा गर्नेछन् ।
टिमको टिम हेडमा प्रेम कुमार दर्नाल, प्रशिक्षकमा प्रेमी थापा र अंकिता आचार्य तथा टिम म्यानेजरमा पार्वती दर्नाल रहेका छन् ।
