सोसल पव्लिकद्वारा आयोजित प्रथम एसइई फुटसल सम्पन्न

 

पोखरा स्पोर्टस । पोखरा १० बुद्धचोक स्थित सोसल पब्लिक स्कूलद्वारा आयोजित प्रथम एसइई फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

२०७९ सालको एसइई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी आयोजित प्रतियोगिता पोखरा पब्लिकले जितेको छ । सोमबार पोखरामा भएको फाइनल खेलमा पोखरा पव्लिकले वेलनन एकेडेमी सम्मिलित टिमलाई ४–० गोलले पराजित गर्दै उपाधि जितेको हो ।

उपाधि संगै पोखरा पल्लिकले नगद २० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता वेलननले नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पार्न सफल भयो ।

प्रतियोगितामा विजेता खेलाडी तथा टिमलाई प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, विद्यालयका संस्थापक प्रवन्ध निर्देशक खिम गुरुङ, विद्यालयका प्रिन्सिपल शिदार्थ शर्मालगायतले नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगितामा तनहुँ, स्याङजालगायतका जिल्लाका गरी १३ टिमको सहभागिता रहेको थियो ।

सोसल पव्लिकमा बाल कक्षा देखि १२ कक्षा सम्म अध्ययन अध्यापन हुँदै आएको छ । सो विद्यालयमा कक्षा ११–१२ अन्तर्गत होटल म्यानेजमेन्ट र कम्पूयुटर साइन्स विषयमा अध्ययन अध्यापन हँदै आएको विद्यालयका संस्थापक प्रवन्ध निर्देशक गुरुङले जानकारी दिए ।

One Comment

  1. Dear Keshav sir,
    Thank you so much for the news coverage about the SEE Futsal Competition 2080, organised by Social Public School on your Online news portal.
    At the same moment, I’d like to thank you for your Birthday Wish on the occasion of my birthday.
    I wish you for your betterment of the journalism in your career!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close