
पोखरा स्पोर्टस । काठमाण्डौमा जारी सातौं प्रधानमन्त्री कप एन.भि.ए.महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग २०८०मा गण्डकीले लगातार दोश्रो हार व्यहोरेको छ ।
प्रतियोगिताको दोश्रो दिन गण्डकीको पुरुष टिम विभागिय टोली नेपाल एपिएफ क्लव संग ३–१ ले पराजित भएको हो । पहिलो सेटमा गण्डकीले सानदार सुरुवात गर्दै एपिएफलाई २५–२१ ले रोके पनि पछिल्ला तिन सेटमा भने एपिएफले गण्डकीलाई कुनै मौका नै दिएन ।
एपिएफले दोश्रो सेट २५–२१ र तेश्रो सेट २५–२३ तथा चौथो सेट २५–१७ ले जित्न सफल भएको थियो ।
तिन भारतिय खेलाडीसहित मैदानमा उत्रिएको गण्डकीले टिम कप्तान हरि पाण्डेलाई चौथो सेटमा प्रशिक्षक रमेश केसीले कोर्टमा उतारेका थिए ।
गण्डकीका लागि हिमाली सुनारीले उत्कृष्ट प्रदर्शन गरे पनि जितका लागि भने काफि रहेन । खेलमा एपिएफका विजय थापा प्लेयर अफ दि म्याच धोषित भए ।
जित संगै एपिएफले ३ अंक बटुलेको छ । गण्डकीको भने दुई खेलबाट १ अंक मात्र रहेको छ ।
त्यस्तै आज नै पुरुषतर्फको भएको खेलमा टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबले सैलुङ बागढुङ्गालाई सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ । तीन पाकिस्तानी खेलाडी सम्मिलित हेल्प नेपालले हेल्प नेपालले सैलुङमाथि २५–१२, २५–१५ र २५–१९ को सहज जित हात पार्दै ३ अंक हासिल गरेको छ ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित हात पारेको छ । आर्मीले दावाली मिलन क्लबलाई सोझो सेटमा पराजित गर्दै लिगमा शीर्ष स्थान कायम बनाउन सफल भएको रहेको छ । आर्मीले २५–१९, २५–११ र २५–२० को सोझो सेटमा हात जित हात पारेको हो ।
यता महिला तर्फको खेलमा एपिएफले आर्मीलाई ३–२ सेटले पराजित गर्दै अंक बाँड्न बाध्य भयो । संघर्षपूर्ण खेलमा पहिलो र दोश्रो सेट ३०–२८, २५–२३ ले जितेको एपिएफले तेश्रो र चौथो सेट गुमाउन पुग्यो । आर्मीले तेश्रो सेट २०–२५ र चौथो सेट १९–२५ ले जित्यो ।
निर्णायक तथा पाँचौ सेट आर्मीले खेलको लयलाई गुमाउन पुग्दा एपिएफले १५–६ ले जित हात पार्दै जितलाई आत्मसाथ गरेता पनि आर्मी संग अंक बाँड्न पुग्यो । आजको जितबाट एपिएफको २ अंक र हारका बावजुद पनि आर्मीको १ अंक भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको महिला तर्फकै अर्को खेलमा होङ्गवाङ्गजी न्यू डायमन्ड युथ स्पोर्टस् क्लबले गण्डकी प्रदेश भलिबल क्लबलाई ३–० सेटले पराजित गर्दै आफ्नो खातामा ३ अंक जोड्यो । डायमन्डले गण्डकीलाइ २५–१७, २५–१६, २५–१५ ले पराजित गरेको हो ।
