ओसिएको अध्यक्षमा शेख तलाल निर्वाचित

पोखरा स्पोर्टस । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)को अध्यक्षमा शेख तलाल फहाद अल अहमद अल–सबाह निर्वाचित भएका छन् ।

थाइल्याण्डको बैंककमा शनिबार भएको ४२ औँ ओसीए महासभाले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो ।  निर्वाचित अध्यक्ष शेख तलालले ४४ मतमा २४ मत प्राप्त गरे भने उनका प्रतिद्वन्दी ओसीएका महानिर्देशक हुसेन अल–मुसलामले २० मत प्राप्त गरे। साधारण बहुमतका लागि २३ मत आवश्यक थियो।

५८ वर्षीय शेख तलाल ओसीएका पहिलो अध्यक्ष शेख फहाद अल–अहमद अल–जाबेर अल–सबाहका छोरा हुन् । उनी १९८२ देखि १९९० सम्म राष्ट्रपति थिए र ओसीएका पूर्व अध्यक्ष शेख अहमद फहाद अल–सबाहका कान्छो भाइ हुन् । जसले सन् १९९१ देखि २०२१ सम्म ओसिएको नेतृत्व गरेका थिए ।

यस अघि ओसीएका पूर्व महासचिव समेत रहेका रणधीर सिंहले २०२१ देखि कार्यवाहक अध्यक्षको रूपमा ओसीएको नेतृत्व गर्दै आएका थिए ।

निर्वाचित भए संगै अध्यक्ष अल–सबाहले आफ्नो अभियानमा पाँचवटा प्रतिवद्धताहरु अघि सारेका छन् । उनले सुशासन, आर्थिक दिगोपन, खेलकुद र गतिविधिहरूको विकास योजना, शिक्षा कार्यक्रमहरू र उच्चस्तरीय एसियाली खेलहरूको आयोजना रहेका छन् ।
एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close