गण्डकीको टिममा समावेश भारतिय खेलाडीलाई स्वागत

पोखरा स्पोर्टस । सातौं प्रधानमन्त्री कप–एन.भि.ए.महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा गण्डकीको टिममा समावेश तिन भारतिय खेलाडी नेपाल आइपुगेका छन् । उनीहरु बिहिबार राती नेपाल आइपुगेका हुन् । 

भारतबाट नेपाल आइपुगेका खेलाडीहरुलाई गण्डकी प्रदेश भलिबल संघले स्वागत गरेको छ । त्रिभुवन विमानस्थलमा खेलाडीहरुलाई गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन कुमार गुरुङ, उपाध्यक्ष हरि श्रेष्ठ, नेपाल भलिबल संघका पूर्व सचिव डिवी नेपाली, नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले स्वागत गरेका थिए ।

सातौं प्रधानमन्त्री कप–एन.भि.ए.महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा तिन विदेशी खेलाडी राख्न पाउने प्रावधान अनुसार गण्डकीको टिममा भारतिय खेलाडी समावेश गरिएको अध्यक्ष गुरुङले जनाएका छन् ।

टिममा समावेश हुने भारतिय खेलाडीहरुमा इविन जोसे, कुमार थरुन ग्वाडा र नविन कन्चन रहेका छन् ।

खोम प्रसाद ‘हरि’ पाण्डेको कप्तानीमा मैदानमा उत्रने टिममा राजन दलार्मी मगर, सजन चोखाल, विवस आले मगर, दिपक मल्ल ठकूरी, हिमाल सुनारी, इन्द्र बहादुर विक, रवि केसी, घनश्याम चौधरी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close