पोखरामा प्रदेशस्तरीय तेक्वान्दो प्रशिक्षक/प्रशिक्षण सम्पन्न

पोखरा स्पोर्टस । पोखरामा तेक्वान्दोकोे गण्डकी प्रदेशस्तरिय प्रशिक्षक/प्रशिक्षण सम्पन्न भएको छ ।

प्रदेश खेलकूद परिषद्, गण्डकीको आयोजना एवं नेपाल तेक्वान्दो संघ गण्डकीको व्यवस्थापनमा उक्त प्रशिक्षक/प्रशिक्षण कार्यक्रम मंगलबार सम्पन्न भएको हो । तालिमको समापन गर्दै परिषदका सदस्य सचिव श्रीधर शर्माले वार्षिक कार्य योजना अनुरुप परिषदले यस प्रकारका प्रशिक्षक/प्रशिक्षण कार्यक्रमहरुलाई जोड दिएको बताए ।

परिषदबाट जुनियर खेलकुद प्रतियोगिता संचालनको लागि आर्थिक वर्ष २०८०/०८१ मा रु ७५ लाख वजेट विनियोजन भएको हुनाले पनि प्रतियोगिताहरुको आयोजनाहरु अझै विस्तार हुँदै जाने उनले उल्लेख गरे ।

सो अवसरमा नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेशका अध्यक्ष जगन बहादुर गुरुङले प्रशिक्षणमा सिकाइएको ज्ञानलाई व्यवहारिक रुपमा उतार्न सकेमा मात्र अपेक्षाकृत सफलता प्राप्त हुने बताए ।

कोरियन प्रशिक्षक योङदल कोनको प्रशिक्षणमा भएको प्रशिक्षणमा प्रदेशका ७ जिल्लाका ४३ जना प्रशिक्षकहरुले सहभागिता जनाएका थिए ।

प्रशिक्षणमा सहभागी प्रशिक्षकहरुलाई सदस्य सचिव शर्मा, कार्यकारी सदस्य ऋषिराम गौतम नेपाल तेक्वान्दो संघका केन्द्रिय उपाध्यक्ष हरिश्वर पोखरेल, गण्डकीका अध्यक्ष गुरुङ, कोषाध्यक्ष माइकल कर्मचार्य, महासचिव रमेश पौडेल, क्षेत्रीय खेलकूदका निर्देशक कृष्ण तिमिल्सिना लगायतले प्रमाणपत्र वितरण गरेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close