पोखरा वडा नं १ खेलकूद समिति गठन

पोखरा स्पोर्टस । पोखरा महानगरपालिका वडा नं १ ले खेलकुद विकास समिति गठन गरेको छ ।

पोखराको शैक्षिक र खेलकूद हवको चिनिने वडा नं १ मा सम्पन्न भेलाले वडा नं १ का अध्यक्ष शाहारा प्रधानलाई संरक्षक र विष्णु कुमार गुरुङलाई अध्यक्षको जिम्मेवारी सुम्पिएको हो । वडा नं १ का अध्यक्ष प्रधानको उपस्थितीमा भएको भेलामा समितिको सचिवमा अनिश गुरुङ र सदस्यहरुमा बिजय गुरुङ, अन्जन देबकोटा, रामजि प्रसाद पौडेल र अशिम गुरुङलाई चयन गरेको छ ।

भेलाले समितिको सल्लाहकारमा तेज बहादुर गुरुङ, दिल बहादुर गुरुङ र दिनेश श्रेष्ठलाई मनोनयन गरिएको जनाएको छ ।

समिति गठन संगै वडा नं १ लाई अझै शसक्त रुपमा खेलकुद कार्यक्रमहरु आयोजना गर्ने संगै वडा नं १ मा रहेका खेलकुद पूर्वाद्धारहरुको निर्माण तथा संरक्षणमा जोड दिइने अध्यक्ष गुरुङले जनाएका छन् ।

समिति गठन भए संगै अध्यक्ष प्रधानले कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै वडा नं १ मा खेलकुदको विकास तथा विस्तारमा सहयोग पुग्नेमा आफू विश्वस्त रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close