सुटिङ संघको अध्यक्षमा श्रेष्ठको निरन्तरता

पोखरा स्पोर्टस । नेपाल सुटिङ संघको साधारण सभा तथा निर्वाचनले पुष्पदास श्रेष्ठलाई अध्यक्षमा निरन्तरता दिएको छ ।

काठमाण्डौमा सम्पन्न अधिवेशनले अध्यक्ष श्रेष्ठसहित १४ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

संघको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा जितबहादुर लामा (घिसिङ), उपाध्यक्षमा ध्रुवबहादुर रायमाझी, भगवती खत्री, नरेन्द्र थापा र निरन्जनकुमार रेग्मी, महासचिवमा प्रदीप खाती, सचिवमा रुपक तामाङ र कोषाध्यक्षमा सतिश श्रेष्ठ निर्विरोध चुनिएका छन् ।

त्यसै गरी कार्यसमितिको सदस्यमा अन्जु दवाडी, शशिकला मानन्धर, झुमा निरौला गौतम, निर्मला थापा र बदरुद्दिन अन्सारी सदस्यमा चयन भए ।

नवनिर्वाचित अध्यक्षले श्रेष्ठले उपेन्द्रकेशरी न्यौपाने, राजु दर्शन र ज्ञानेन्द्र श्रेष्ठलाई उपाध्यक्षमा मनोनयन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close