
पोखरा स्पोर्टस । नेपाल पुलिस क्लबका जीवन आचार्य र बिष्णु कटुवालको जोडी तेश्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको अन्तिम ८ मा प्रवेश गरेका छन् ।
आचार्य र कटुवालको जोडीले आज भएको खेलमा एपिएफका जोसेफ अधिकारी र सुमन लिम्बुको जोडीलाई २१–११, २१–१६ ले पराजित गर्दै क्वाटरफाईनल यात्रा तय गरेका हुन् । अव उक्त जोडीले सेमिफाईनल प्रवेशका लागि एपिएफका देवराज राना र रोशन साउदको जोडी संग प्रतिस्पर्धा गर्ने भएको छ । देवराज र रोशनको जोडीले त्रिभुवन आर्मीका नरेन्द्र बम र बिवेक चौधरीलाई २१–१३, २१–१८ ले पराजित गर्दै क्वाटरफाईनमा जीवन र बिष्णु संगको भेट पक्का गरेका हुन् ।
अन्तिम आठमा प्रवेश गर्ने क्रममा नेपाली सेनाका टिएसीका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीले एपिएफका प्रनिश सिंह ठकुरी र सुजन थापाको जोडीलाई २१–१४, २१–१०, पुलिसका सुनिल जोशी र अनिष श्रेष्ठको जोडीले एपिएफका भोज बहादुर गुरुङ्ग र बिशाल प्रधानको जोडीलाई २१–१७, २१–१५, कास्कीका बिधान अधिकारी र सेनाका पविन लिनथेपको जोडीले बालकुमारी रिमिक्स क्लबका दिप्रिस मुनी बज्राचार्य र सुमन शाक्यको जोडीलाई २१–१२, २१–१९, नखिपोटका बिवेक कन्दङ्गवा र नेलसन राईको जोडीले एपिएफका क्षितिज खनाल र अमन महर्जनको जोडीलाई २२–२०, १६–२१, २१–१२, बालकुमारी रिमिक्स क्लबका ससिन डङ्गोल र सुमित महर्जनको जोडीले आर्मीका हिमाल चन्द र कविर के.सी.को जोडीलाई २१–१५, १७–२१, २१–१७ र एपिएफका प्रिन्स दाहाल र बिजित थापा मगरको जोडीले पिस फिटनेश क्लबका दशरथ बुढा र अनिल मल्लको जोडीलाई २१–१३, २१–१३ ले पराजित गरेका हुन् ।
महिला एकल तर्फ आर्मीकी बिष्णा बिष्ट, शेस्ना सिरपाली र रिहाना शेरचन, नवलपरासीकी प्रिया गौढ र देवी नगरकी एन्जल लिम्बुले आफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाए ।
ब्वाईज यु ११ तर्फ सेनाका दीप थिङ्ग, आई.बि.एस.सी.का प्रशान्त बुढाथोकी, एस.बि.ए.का आदित्य थारु, कपिलबस्तुका विराट बस्नेत, आइ.बि.एस.सी.का प्रिन्स थापा मगर, एम.वाइ.सी.का आरभ शाक्य, दोलखाका अरनभ श्रेष्ठ, आई.बि.डी.सी.का अक्षत ढुङ्गेल पनि अन्तिम ८ मा स्थान बनाउन सफल भएका छन् ।
गल्र्स यु १३ तर्फ बेलटार ब्याडमिन्टन एकेडेमीकी दिया राई, दोलखाकी रितिका श्रेष्ठ, आर्मीकी अजिरेन्का शेरचन एवं ब्वाईज तर्फ रिजन मगर, दीपक ब्याडमिन्टन एकेडेमीका डियोन भण्डारी, एपिएफका आरुष भण्डारी, देवी नगरका प्रवल श्रेष्ठ, आर्मीका दीप थिङ्ग, काठमाण्डौका सुहम कार्की, सेनाका सुदेश राजकोटी र आई.बि.डी.सी.का अक्षत ढुङ्गेलले पनि अन्तिम आठमा स्थान पक्का गरे ।
गल्र्स १५ तर्फ आई.बि.एस.सी.की पवित्रा सापकोटा, भक्तपुरकी स्वर्लिन श्रेष्ठ, एम.बि.बि.एफ.की निभा राई, कास्कीकी दिल्साना राना, ललितपुरकी टिशा रानी शाक्य, किर्तिपूरकी सुलोचना थापा र दीपक ब्याडमिन्टन एकेडेमीकी अश्मिता खत्री तथा पुरुष तर्फ आर्मीका रिजन मगर, पि.एस.एसका प्रनिश खत्री, देवीनगरका रिशब राई, आर्मीका सुविन राई, सेनाका सुविन श्रेष्ठ, बेलटार ब्याडमिन्टन एकेडेमीका जेनिश मगर, आर्मीका सौर्य महर्जनले पनि अन्तिम ८ मा स्थान बनाए ।
