प्रधानमन्त्री कप राष्ट्रिय ब्याडमिन्टन : प्रिन्स र बिजितको जोडी दोश्रो चरणमा

पोखरा स्पोर्टस । एपिएफका प्रिन्स दाहाल र बिजित थापा मगरको जोडी तेश्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलमा दोश्रो चरण प्रवेश गरेका छन् ।

दाहाल र मगरको जोडीले बनेपाका सानु बाबु गोले र किरण थापाको जोडीलाई २१–८, २१–९ले पराजित गर्दै दोश्रो चरणमा स्थान बनाएका हुन् । यस्तै नेपाल पुलिसका जीवन आचार्य र बिष्णु कटुवालको जोडी तथा सुनिल जोशी र अनिष श्रेष्ठको जोडीले पनि दोश्रो चरणमा स्थान बनाए । आचार्य र कटुवालको जोडीले नखिपोटका चित्र राई र राकेश राईको जोडीलाई २१–३, २१–१० ले तथा जोशी र श्रेष्ठको जोडीले दोलखाका रोशन श्रेष्ठ र सुजन सिटौलाको जोडीलाई २१–८, २१–११ ले पराजित गरे ।

यस्तै पुरुष युगल तर्फ दोश्रो चरण प्रवेश गर्ने अन्यमा सेनाका प्रफुल महर्जन र रुकेश महर्जनको जोडी, एपिएफका प्रनिश सिंह ठकुरी र सुजन थापाको जोडी, एपिएफका भोज बहादुर गुरुङ्ग र बिशाल प्रधानको जोडी, कास्कीका बिधान अधिकारी र सेनाका पविन लिनथेपको जोडी, बालकुमारी रिमिक्सका दिप्रिस मुनि बज्राचार्य र सुमन शाक्यको जोडी, एपिएफका क्षितिज खनाल र अमन महर्जनको जोडी, नखिपोटका बिवेक कन्दङ्गवा र नेल्सन राईको जोडी जोडी पनि रहेका छन् ।

महर्जन जोडीले टि.आई.बि.सी.का अरुण बलामी र सुबाश उलकको जोडीबाट वाक ओभर प्राप्त गरे । ठकुरी र थापाको जोडीले पिस फिटनेश सेन्टर रवी बिष्ट र कुनाल शाहको जोडीलाई २१–१३, २१–१४ ले, गुरुङ्ग र प्रधानको जोडीले हेमरिक क्लबका निशेष राज शाक्य र राकेश शाक्यको जोडी २१–१८, २१–१६ले, अधिकारी र लिनथेपको जोडीले उदयपुरका सरोज खवास र रुपेश राईको जोडीलाई २१–११, २१–१३, बज्राचार्य र शाक्यको जोडीले एस.बि.ए.का महेश खड्का र दीपक रानाको जोडीलाई २१–२३, २१–१९, २१–१८, खनाल र महर्जनको जोडीले पुलिसका हिरा बहादुर राई र जेनिस शेरचनको जोडीलाई २१–१८, २१–१८ र कन्दङ्गवा र राईको जोडीले बनेपाका उपेन्द्र घिसिङ्ग र सत्य लामाको जोडीलाई २१–१२, २१–११ ले पराजित गर्दै दोश्रो चरण प्रवेश गरेका हुन् ।

ललितपुरस्थित नखिपोट ब्याडमिन्टन सर्कलको कभर्डहलमा भएको प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका हिमाल चन्द र कविर के.सी.को जोडी नखिपोटका दुर्गा मगर र टेक मगरको जोडीलाई २१–१८, १५–२१, २१–१९, बालकुमारी रिमिक्स क्लबका ससिन डङ्गोल र सुमित महर्जनको जोडीले काभ्रेका अंकित भोछिभ्वय र बनेपाका सहज भोछिभ्वयको जोडीलाई २१–१२, २१–७, पिस फिटनेश क्लबका दशरथ बुढा र अनिल मल्लको जोडीले नखिपोटका इन्द्रजित लिम्बु र दिनेश राईको जोडीलाई २१–११, २१–१०, सेनाका नरेन्द्र बम र बिवेक चौधरीको जोडीले उदयपुरका जयराम राई र सुजन राईको जोडीलाई २१–११, २१–१४, एपिएफका देवराज राना र रोशन साउदको जोडीले नखिपोटका अभिनाश कार्की र भुवन पुन मगरको जोडीलाई २१–८, २१–१३, एपिएफका जोशेफ अधिकारी र सुमन लिम्बुको जोडीले मदनलाल ब्याडमिन्टन क्लबका आयुष श्रेष्ठ र अमन तामाङ्गको जोडीलाई २१–१८, २१–१७ ले पराजित गर्दै दोश्रौ चरण प्रवेश गरे ।

पुरुष एकल तर्फ नेपाल पुलिसका बिष्णु कटुवालले जित हात पार्दै अन्तिम १६ मा स्थान बनाए । बिष्णुले एपिएफका सुजन थापालाई २४–२२, २१–१५ ले पराजित गरेका हुन् । बिष्णुको यो आज दोश्रो जित हो । उनले जीवन आचार्यसंग मिलेर पुरुष युगलमा पनि जित हात पारेका थिए । उनी चीनमा आयोजना हुने १९ औं एशियाली खेलकुदका लागि तेश्रो स्थानमा रहँदै छनोट भएका थिए । यस्तै अर्को खेलमा एपिएफका देवराज रानाले सेनाका अभय महरालाई २१–८, २१–१५ ले पराजित गरे ।

यसैगरि एपिएफका भोज बहादुर गुरुङ्गले पुलिसका अविक श्रेष्ठलाई २१–११, २१–५, सेनाका प्रफुल महर्जनले पाल्पाका दिपम बज्राचार्यलाई २१–८, २१–९, एपिएफका रोशन साउदले मदनलाल ब्याडमिन्टन क्लबका अमन तामाङ्गलाई २१–१२, २१–९, पुलिसका पूार्ण बहादुर थापाले एपिएफका सुमन लिम्बुलाई २१–१८, २१–१५ र सेनाका पविन लिनथेपले एपिएफका बिजित थापा मगरलाई २०–२२, २१–१७, २१–१० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाए ।

ब्वाईज यु १३ तर्फ सि.वाई.सी.का सुशान्त प्रजापती, डि.बि.ए.का डियोन भण्डारी, बि.वाई.सी.का सदीप राई, एपिएफका आरुष सिमखडा, कपिलबस्तुका बिवेश बस्नेत, देवीनगरका प्रवल श्रेष्ठ, कैलालीका रियांश चौधरी, किर्तिपुरका समान्त बहादुर बज्राचार्य, सेनाका दीप थिङ्ग, आइ.बि.सी.एस.का प्रशान्त बुढाथोकी, सुहम कार्की, किर्तिपुरका सौर्य बिक्रम बिष्ट, आइ.बि.डि.सी.का अक्षत ढुङ्गेल, ब्राइट फ्युचर स्कुलका अंकित बस्नेत र सेनाका सुदेश राजकोटी पनि आआफ्ना बिपक्षीलाई पराजित गर्दै दोश्रो चरण प्रवेश गरे ।

यु १५ तर्फ सेनाका रिजन मगर, कैलालीका रियांस चौधरी, सुनसरी ब्याडमिन्टन क्लबका संगम गिरी, किर्तिपुरका सुयांश महर्जन, सेनाका सुविन श्रेष्ठ, सिन्धुलीका ईमा तामाङ्ग, एपिएफका आरुष सिमखडा, बेलटार ब्याडमिन्टन एकेडेमीका जेनिश मगर, बि.वाई.सी.का सदीप राई, सेनाका सौर्य महर्जन, दीपक ब्याडमिन्टन एकेडेमीका दियोन भण्डारी, वाई.सी.बि.सी.का विलसन राई, ब्राइट फ्युचर स्कुलका सितल राई र एपिएफका शिषिर रानाले पनि दोश्रो चरणमा स्थान पक्का गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close