खेल पत्रकार रानामाथि भएको दुर्व्यवहारप्रति मञ्च गण्डकीको ध्यानाकर्षण

पोखरा स्पोर्टस । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका साधारण सदस्य गीता रानामाथि भएको दुर्व्यवहारप्रति नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मञ्चले बुधबार एक विज्ञप्ति प्रकाशित गरी यहीं असार १२ गते मंगलबार स्याङजाको भीरकोट नगरपालिका कार्यालयमा एबिसी टेलिभिजनका पोखरा संवाददाता समेत रहेका पत्रकार रानामाथि भएको दुर्व्यवहारको घटना प्रति मञ्चले निन्दा र भर्त्सना गरेको छ ।

महासचिव राजाराम पौडेलले हस्ताक्षर गरेको विज्ञप्ति मार्फत पत्रकार रानालाई दुव्र्यवहार गर्ने प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगानालाई कानून अनुसार कारबाहीको माग गर्दै आगामी दिनमा पत्रकारलाई निर्वाद रुपमा समाचार संकलनको वातावरण बनाउन सम्बन्धित निकायमा ध्यानाकर्षण गराइएको छ ।

‘नवप्रवर्तन साझेदारी कोष कार्यक्रम (गण्डकी प्रदेश)को रिपोर्ट र वृत्तचित्र निर्माणका लागि भीरकोट नगरपालिका कार्यालयको फोटो, भिडियो खिच्ने क्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले कस्को अनुमतिमा किन खिचेको ? भन्दै अपशब्द बोलेर दुर्व्यवहार गरेको घटनाको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी निन्दा र भर्त्सना गर्दछ’  विज्ञप्तिमा भनिएको छ ।

सार्वजनिक स्थलको तस्बिर र भिडियो खिच्ने पत्रकारको अधिकारलाई हस्तक्षेप गरी नगरपालिकाका सूचना अधिकारीराई रिर्पोट र वृत्तचित्र बनाउनेबारे जानकारी दिएरै भिडियो र तस्बिर लिँदा पत्रकार रानालाई प्रमुख प्रशासकीय अधिकृत ढुंगानाले दुव्र्यवहार गरी एक घण्टासम्म कार्यालय परिसरमा बन्धक बनाई प्रहरीको जिम्मा लगाउनु र तस्बिर तथा भिडियो डिलिट गर्ने कार्य प्रेस स्वतन्त्रता माथिकै आक्रमण भएको मञ्च गण्डकीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close