गण्डकी प्रदेशस्तरिय एथलेटिक्समा तनहुँ च्याम्पियन

पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तरिय एथलेटिक्समा तनहुँ च्याम्पियन भएको छ ।

नवलपुरमा सोमबार सम्पन्न एथलेटिक्समा तनहुँ कुल १५ पदकका साथ च्याम्पियन बनेको हो । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा नवलपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा नवलपुर ११ पदकका साथ दोश्रो हुँदा र कास्की कुल ११ पदकका साथ तेश्रो भएको छ ।

प्रतियोगितामा च्याम्पियन भएको तनहुँले ६ स्वर्ण, ४ रजत र ५ कास्य जितेको छ भने नवलपुरले ५ स्वर्ण, ३ रजत ३ कास्य तथा कास्कीले ३ स्वर्ण, ५ रजत र ३ कास्य पदक प्राप्त गरेको जिल्ला खेलकुदका अध्यक्ष सेत बहादुर पुनले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

१०० मिटर दौड छात्रतर्फ तनहुँका भिम बहादुर थापाले ११ः८६ सेकेण्डमा दुरी पार गरी पहिलो हुँदा नवलपुरका तारा प्रसाद थनेत दोश्रो र लमजुङका तिर्थ तामाङ तेश्रो भए । त्यस्तै १०० मिटर छात्रातर्फ निशा घर्ती पहिलो, एन्जल अधिकारी कास्की दोश्रो र अप्सरा विक नवलपुर तेश्रो भइन् ।

प्रतियोगितामा ट्रयाक एण्ड फिल्डतर्फ गरी कुल १० वटा इभेन्टहरु आयोजना गरिएका थिए ।

प्रतियोगितामा बिजयी खेलाडीहरुलाई प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्मा, कार्यकारी सदस्य ऋषीराम गौतम लगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close