राष्ट्रिय स्केटबोर्डमा विजय र समिक्षालाई उपाधि

पोखरा स्पोर्टस । विजय लिम्बू र समिक्षा राईले छैटौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । फ्रिस्टायल बेस्ट रन स्पर्धाको पुरुषमा विजय तथा महिलामा समिक्षा पहिलो भएका हुन् ।

नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा बसन्त राई दोश्रो तथा गजेन्द्र बर्देवा तेश्रो भए ।

महिलामा स्वाति श्रेष्ठ दोश्रो तथा अर्लिन लामा तेश्रो स्थानमा रहे । पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताका विजेतालाई संघीय सांसद् शोभिता गौतम, आयोजक संघका अध्यक्ष अच्यूत खनाल, महासचिव सत्य थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

प्रतियोगिताको पुरुषमा १ सय ५० तथा महिलामा ४० गरी १ सय ९० खेलाडी सहभागी थिए । शुक्रबार खेलाडीको छनोट प्रतियोगिता भने सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको थियो । पुरुष/महिलामा समान १०–१० खेलाडी फाइनल चरणलाई छनोट गरिएको थियो ।

काठमाडौंमा राष्ट्रिय प्रतियोगिता भएको यो तेश्रो पटक हो । बाँकीका तीन संस्करण पर्यटकीय नगरी पोखरामा सम्पन्न भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close