पोखरामा सुरु भयो बुद्धिचाल खेलको आरबिटर प्रशिक्षण

पोखरा स्पोर्टस । पोखरामा शुक्रबार देखि प्रदेशस्तरिय आरबिटर प्रशिक्षण सुरु भएको छ ।

गण्डकी प्रदेश खेलकुद परिषद् र गण्डकी प्रदेश बुद्धिचाल सघंको आयोजनामा उक्त प्रशिक्षण सुरु भएको हो । तालिमको गण्डकी प्रदेश खेलकुद परिषद्का कार्यकारी सदस्य ऋषिराम गौतमले उद्घाटन गरेका छन् । 

सो अवसरमा कार्यकारी सदस्य  गौतमले पोखरामा प्रशिक्षणको महत्व माथि प्रकाश पार्दै प्रदेशमा आयोजना हुने बुद्धिचाल प्रतियोगितामा आरबिटरको (रेर्फी) अभाव नहुने बताए ।

दुई दिन सम्म सञ्चालन हुने प्रशिक्षणमा अन्तर्राष्ट्रिय आरबिटर उमेश केसीले प्रशिक्षण दिने भएका छन् । केसीले दुई दिने प्रशिक्षणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियमहरु सिकाउने बताए । केसी नेपाल बुद्धिचाल संघका निवर्तमान सचिव समेत हुन् ।

उद्घाटन कार्यक्रम गण्डकी प्रदेश बुद्धिचाल संघका अध्यक्ष युवराज भण्डारीको अध्यक्षतामा भएको थियो ।

प्रशिक्षणमा गण्डकी प्रदेश प्रदेशका ८ जिल्लाका २० जनाको सहभागीता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close