गण्डकी प्रदेशस्तरिय मुवाँथाई असार १२ गते

पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तरिय मुवाँथाई असार १२ गते हुने भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता संगै मुवाँथाईको रेफ्रि कोर्ष समेत सञ्चालन हुने प्रतियोगिताका संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिएका छन् ।

मुख्य प्रतिस्पर्धा असार १२ गतेलाई तोकिएको छ भने रेफ्रि कोर्ष असार ११ र १२ दुबै दिन सञ्चालन हुनेछ ।

प्रतियोगितामा विभिन्न ५ तौल समुहमा ८ महिला र २ जना महिला खेलाडी गरी कूल १० जना खेलाडीको सहभागिता हुने प्रदेश खेलकुद परिषदका सदस्य समेत रहेका क्षेत्रीले पोखरा स्पोर्टलाई जानकारी दिए । रेफ्रिकोर्षमा २५ जनाको सहभागिता हुनेछ ।

प्रतियोगितामा प्रत्येक तौल सुमहका पहिलो र दोश्रो हुने खेलाडीलाई क्रमश जनही नगद रु १० हजार र ५ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

नेपाल मुवाँथाई संघका केन्द्रिय अध्यक्ष गणेशलाल कक्षपती, उपाध्यक्ष दिपक बहादुर गोदार र महासचिव सुदिप पण्डितले रेफ्रिहरुलाई प्रशिक्षण दिने कार्यक्रम तय भएको छ । उनीहरु तिनैजना अन्तर्राष्ट्रिय प्रशिक्षक हुन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close