
पोखरा स्पोर्टस । काभा नेसन्स पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपालले पराजय ब्यहोरेको छ ।
किर्गिस्तानको विस्केकमा आजबाट सुरु भएको प्रतियिोगितामा नेपाल मंगोलिया संग ३–१ को सेटमा पराजय व्यहोरेको हो । नेपाल मंगोलिया विरुद्धको खेलमा २५–१९, २५–२०, २५–२७ र २५–२० ले पराजित भएको छ ।
नेपाली टिम हरि हजुरको कप्तानीमा मैदानमा उत्रिएको थियो । नेपालले अव दोश्रो खेल आयोजक किर्गिस्तान संग खेल्ने छ ।
