
पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तरिय खो खो प्रतियोगितामा नवलपुरले दोहोरो उपाधि जितेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा कास्की जिल्ला खो खोमा महिला र पुरुष दुबै तर्फ नवलपुरले उपाधि जितेको हो । लिगका आधारमा सञ्चालन भएको प्रतियोगिताको पुरुषतर्फ नवलपुरले कास्कीलाई १६ का विरुद्ध १७ अंकले पराजित गर्दै स्वर्ण पदक आफ्नो नाम लेखाएको हो ।


उपाधि संगै नवलपुरले महिलातर्फ समेत स्वर्ण पदक जितेको छ । फाइनलमा कास्कीलाई ११–४ ले पराजित गरी स्वर्ण पदक जितेको हो ।
प्रतियोगितामा पुरुषतर्फ कास्कीका रेवन अधिकारी वेष्ट चेजर घोषित भए भने गोर्खाका देव गुरुङ उत्कृष्ट खेलाडी बन्न सफल भए ।
प्रतियोगितामा कास्की, नवलपुर र गोर्खा गरी तिन जिल्लाका ५ टिमहरुको सहभागिता रहेको कास्की खो खो संघका अध्यक्ष चित्र बहादुर थापाले जानकारी दिएका छन् ।
प्रतियोगितामा विजेता खेलाडी तथा टिमलाई नवलपुर जिल्ला खेलकुदका अध्यक्ष सेत पुन, खोखो कास्कीका उपाध्यक्ष विशाल जङ्ग कुंवर, सुरज मोहन पोखरेल, सञ्जय पौडेल लगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
यस अघि प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुदका सदस्य सचिव श्रीधर शर्माले गरेका थिए । उनले सो अवसरमा खेलाडीले पदक जित्न आफू भित्रबाट पागलपन जन्मिनु पर्ने बताए । उनले भने–“खेल मैदान खेलाडी पागलपनको गतिमा खेल्नु पर्छ तव मात्रै उ सफल हुन्छ ।”
