
पोखरा स्पोर्टस । कास्की जिल्लास्तरिय यू–१२ ह्याण्डबलको उपाधि गण्डकी बोर्डिङ स्कुल र हिमालयन माविले जितेका छन् ।
पोखरामा सोमबार सम्पन्न छात्रतर्फको फाइनलमा गण्डकीले न्यू ग्यालेक्सी मावि र छात्रातर्फ हिमालयनले गण्डकी वोर्डिङलाई पराजित गरी उपाधि जितेका हुन् । छात्रतर्फ भएको फाइनलमा गण्डकीले न्यू ग्यालेक्सीलाई १४–३ गोलले पराजित गर्न सफल भएको छ भने छात्रातर्फ भएको फाइनलमा हिमालयनले रोमाञ्चक जित हात पार्न सफल भयो ।

छात्रातर्फको फाइनलमा निर्धारित समयमा दुवै टिमले बराबरी खेल्दै ५–५ गोल गरे । थपिएको समयमा समेत दुबै टिमले ७–७ गोल गरे पछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो । जसमा हिमालयनले १–० बाजी मार्न सफल भयो ।
चार दिन सम्म पोखरा रंगशालामा सञ्चालन भएको प्रतियोगितामा छात्रतर्फ वेष्ट प्लेयर सरस्वती विद्याश्रमका शाहिल गुरुङ र हिमालयनकी छात्रा सन्चिता खत्री हुन सफल भए । त्यसै गरी छात्रातर्फ वेष्ट गोलकिपर गण्डकीकी रविना चेपाङ छात्रतर्फ न्यू ग्यालेक्सीका श्रीष जलारी घोषित भए ।
प्रतियोगितामा विजेता खेलाडी तथा टिमहरुलाई प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ, कास्की ह्याण्डबलका पूर्व अध्यक्ष शेर बहादुर गुरुङ, पोखरा महानगर खेलकुदका उपाध्यक्ष राजन जिशी, कास्की ह्याण्डबलका सचिव टेक गुरुङलगायतले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
समापन कार्यक्रम कास्की ह्याण्डबलका कार्यबाहक अध्यक्ष चित्र थापाको अध्यक्षतामा भएको थियो ।
प्रतियोगितामा छात्र तर्फ १४ र छात्रा तर्फ १० टिम गरी कुल २४ टिमको सहभागिता रहेको थियो ।
