प्रदेशस्तरिय ‘सिक्स ए साइड इन्डोर हक्की’मा कास्कीलाई उपाधि

पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा कास्की जिल्ला हक्की संघको व्यवस्थापनमा आयोजित गण्डकी प्रदेशस्तरिय सिक्स ए साइड इन्डोर हक्कीको उपाधि कास्कीले जितेको छ ।

पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहलमा आयोजित उक्त प्रतियोगितामा कास्कीले तनहुँलाई १–० ले पराजित गर्दै उपाधि जितेको हो । कास्कीले उपाधि संगै नगद २० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्काले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।

निर्धारित समयमा दुबै टिमले २–२ गोलको बराबरी खेले पछि पेनाल्टी सुट आउटमा समेत खेल १–१ मा सकियो । खेलको अन्तिम नतिजा सडेन डेथमा पुग्दा कास्की १–० ले बिजयी भयो ।

उपविजेता तनहुँले नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।

प्रतियोगितामा कास्की, तनहुँ, पर्वत, स्याङजा र बागलुङ गरी ५ जिल्लाका पुरुष खेलाडीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । सहभागि अन्य टिमहरुले जनही नगद रु ५ हजारका दरले नगद वितरण गरिएको थियो ।

बिजयी टिम तथा खेलाडीहरुलाई गण्डकी प्रदेश सभाका सांसद प्रकाश बराल, प्रदेश खेलकुदका सदस्य सचिव श्रीधर शर्मा, कार्यकारी सदस्य ऋषीराम गौतम, वोर्ड सदस्य खगेन्द्र क्षेत्री, पोखरा महानगर खेलकुदका अध्यक्ष दिपक बहादुर गोदार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष राजन पौडेल लगायतले नगद, ट्रफी र मेडल वितरण गरेका थिए ।

समापन कार्यक्रम कास्की हक्की संघका अध्यक्ष मिलन केसीको अध्यक्षतमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close