पोखरा स्पोर्टस । चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि टेनिसका लागि पोखरामा अभिषेक बाँस्तोला र प्रदिप खड्का छनौट हुन सफल भएका छन् ।
आइतबार भएको अन्तिम छनोट आइतबार सम्पन्न खेलमा उनीहरुसहित ४ खेलाडी छनौटमा पर्न सफल भएको संघले जनाएको हो । प्रदिप नेपालका नं १ खेलाडी हुन् भने अभिषेक टेनिस वर्ल्ड र्याकिङको १९०० स्थानमा छन् ।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा नेपाल टेनिस संघले आयोजना गरेको प्रतियोगिताबाट पुरुष/महिलामा समान २–२ गरी ४ खेलाडी छनोट भएका छन् ।
पुरुषमा अभिषेक बाँस्तोला र प्रदीप खड्का तथा महिलामा अभिलाषा विष्ट र माहिका राणा क्रमशः शीर्ष २ मा रहँदै एसियाड सहभागिता निश्चित गरेका छन् ।
पाँचदिने छनोटको पुरुषमा ९ तथा महिलामा ७ जनाले राउन्ड रोविन लिग पद्धतिमा प्रतिस्पर्धा गरेका थिए ।
