बगर भाइ खलक उपाधि नजिक

पोखरा स्पोर्टस । भारत भ्रमणमा रहेको बगर भाइ खलक भेट्रान फुटबल टोली उपाधि नजिक पुगेको छ ।

भारतको उत्तराखण्ड राज्यमा ६० वर्ष भन्दा माथीको सुपर भेट्रान फुटबल प्रतियोगितामा सहभागिता जनाउन पुगेको टोली उपाधि नजिक पुगको हो । ‘प्रथम राष्ट्रिय मास्टर्स स्पोर्टस २०२३’ अन्तर्गत भएको शनिबारको खेलमा आयोजिक टोली उत्तराखण्ड ‘बि’ टिमलाई २–० गोलले पराजित गर्दै उपाधि नजिक पुगेको बगर भाइ खलकका अध्यक्ष दिल बहादुर गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

बगर भाइ खलकलाई फाइनलमा स्थान पक्का गर्न पूर्व राष्ट्रिय खेलाडी दिनेश श्रेष्ठ र कृष्ण बजिमयले समान १–१ गोलको योगदान दिएका थिए ।

भोली हुने फाइनलमा बगर भाइ खलकले आयोजिक टिम उत्तराखण्ड ‘ए’ संग खेल्नेछ । उत्तराखण्ड ‘ए’ ले गुजरात राज्यलाई पराजित गरी फाइनलमा पुगेको हो ।

पहिलो पटक ‘सुपर भेट्रान’ फुटबलमा सहभागिता जनाएको टोलीमा १५ जना रहेका छन् । टोलीमा पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको जमघट छ ।

टोलीमा ६९ वर्षिय दिनेश कुमार श्रेष्ठ, ६९ वर्षिय केशव (आनन्द) रञ्जित, ६८ वर्षिय चिन बहादुर गुरुङ, ६६ वर्षिय दिल बहादुर गुरुङ, ६५ वर्षिय जसकाजी गुरुङ र राम बहादुर गुरुङ, ६२ वर्षिय कृष्ण बजिमय, अम्बर गुरुङ र रमेश कुमार श्रेष्ठ, ६१ वर्षिय लोक बहादुर गुरुङ, ६० वर्षिय युद्ध बहादुर गुरुङ, जुनकाजी गुरुङ, ओमकार गिरी, धन कुमार गुरुङ (सन्तोष) र शकिल गुरुङ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close