टाइगर ग्रुप र चरक हस्पिटलले सुरू गरे तिन दिने निशुल्क मुटु रोग स्वास्थ्य शिविर

पोखरा स्पोर्टस । गण्डकी प्रदेशको भलिबल खेल विकास संगै सामाजिक अभियानमा सक्रिय टाइगर ग्रुप अफ पोखरा नेपाल र चरक मेमोरियल हस्पिटल पोखराले संयुक्त रुपमा शनिबारबाट निशुल्क मुटु रोग स्वास्थ्य शिविरको सुरुवात गरेका छन् ।

तिन सम्म सञ्चालन हुने उक्त शिविरको स्वामी डा.विकासनन्द योगीले एक कार्यक्रमको विच उद्घाटन् गरेका हुन् । सो अवसरमा आफ्ना भनाई राख्दै प्रखर वक्ता समेत रहेका डा.योगीले पूण्य प्राप्तीका लागि समाजमा गरिने हरेक क्रियाकलापहरुले मानव जिवनमा परिवर्तन ल्याउने बताए । दुई संस्थाको सहकार्यमा आयोजित यो कार्यक्रमले गरिव निमुखा र स्वास्थ्यमा पहुँच नपुग्ने नागरिकहरुका लागि महत्वपूर्ण हुने बताउँदै उनले कार्यक्रम आयोजक प्रति आभार समेत व्यक्त गरे ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद तथा टाइगर ग्रुपका महासचिव प्रकाश बरालले समाजमा मुटु रोगबारे जनचेतना फैलाउन संगै यसबाट नागरिकहरु लाभान्वित हुन सहयोग मिल्ने बताउँदै दुई संस्थाको सहकार्यमा अझै धेरै स्वास्थ्य सचेतना फैलाउने कार्यक्रमहरु अघि बढाउन सकिने उल्लेख गरे ।

शिविर सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने मनमोहन मुटु रोग अस्पताल काठमाण्डौका बरिष्ठ मुटु रोग विशेषज्ञ डा.सूर्य देवकोटाले आफ्नो स्वर्गिय आमाप्रति यो शिविर सर्मपित गरिएको बताए ।

टाइगर ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्मा र चरक मेमोरियल हस्पिटलका अध्यक्ष रामचन्द्र रेग्मीको संयूक्त अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा अस्पतालका निर्देशक कपिल पोख्रेलले समेत आफ्ना भनाई राखेका थिए ।

शिविरको पहिलो दिन करिव ११० जना स्वास्थ्य परिक्षण गरिने टाइगर ग्रुपका सचिव डिबी नेपालीले पोखरा स्पोर्टसलाई जानकारी दिए । यहि जेठ ३० गते सम्म सञ्चालन हुने शिविरमा सर्वसाधारण लगायत खेलाडी लगायतलाई निशुल्क स्वास्थ्य परिक्षण गरिने नेपालीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close