मोर्डन पेन्टाथलन फेडेरेशन गण्डकी प्रदेश तदर्थ समिति गठन

पोखरा स्पोर्टस । कबिता अर्यालको अध्यक्षतामा मोर्डन पेन्टाथलन फेडेरेशन गण्डकी प्रदेश तदर्थ समिति गठन भएको छ ।

पोखरामा विहिबार सम्पन्न एक भेलाले अर्यालको अध्यक्षतामा ९ सदस्यिय कार्यसमिति चयन गरेको हो । अध्यक्ष अर्याल गोर्खाकी हुन् । फेडेरेशनको उपाध्यक्षमा विवेक भुजेल (कास्की), सचिवमा मन नारायण श्रेष्ठ (तनहुँ) र कोषाध्यक्षमा किरण ढकाल (गोर्खा) रहेका छन् ।

त्यसै गरी कार्यसमितिको सदस्यमा रण बहादुर घले (लम्जुङ), नारायण ध्वज खड्का (गोर्खा), प्रकाश बस्नेत (तनहुँ), शुभद्रा खड्का (गोर्खा) र साजन पोखरेल (कास्की) रहेका छन् ।

उक्त भेला फेडेरेशनका केन्द्रिय महासचिव यादव बहादुर बस्नेतको अध्यक्षतामा भएको थियो ।

मोर्डन पेन्थालन विश्वमा नै सर्वाधिक प्रतियोगिता आयोजना हुने खेलमा पर्दछ । मोर्डन पेन्थालनमा घोडचढी, फेन्सिङ, दौड, शुटिङ र पौडी गरी ५ खेलहरु समावेश रहेका छन् ।

मोर्डन पेन्थालन खेलबाट नेपालले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउँदै आएको छ । मोर्डन पेन्थालन केही समय यता काठमाण्डौ लगायत देशका केही जिल्लामा लोकप्रिय खेलको रुपमा अघि बढिरहेको महासचिव बस्नेतले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close