प्रथम गण्डकी प्रदेशस्तरिय फुल कन्ट्याट प्रतियोगिता सुरु

पोखरा स्पोर्टस । पोखरामा प्रथम गण्डकी प्रदेशस्तरिय फुल कन्ट्याट प्रतियोगिता सुरु भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा फुल कन्ट्याक्ट कराते संघ गण्डकी प्रदेशको समन्वयमा उक्त प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा मनाङ र मुस्ताङ बाहेक ९ जिल्लाका महिला तथा पुरुष खेलाडीहरुको सहभागिता रहेको छ ।

प्रतियागितामा महिला तथा पुरुष विभिन्न तौलमा प्रतियोगिता सञ्चालन गरिएको आयोजक समितिका हरि खड्काले पोखरा स्पोर्टसलाई जानकारी दिए । प्रतियोगितामा पुरुष तर्फ ३५,४५,५५ केजी मुनी र खुल्लातर्फ प्रतिस्पर्धा भइरहेको छ ।

त्यसै गरी महिलातर्फ ५० केजी तौल मुनी र खुल्लातर्फ प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा महिला तथा पुरुष खेलाडी गरी कुल ६० जना खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा बिजेता खेलाडी तथा टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

कार्यक्रमको औपचारिक शुभारम्भ भने शनिबार हुने छ । सामाजिक विकास स्वास्थ्य मन्त्री शुसिला सिंखडाले उद्घाटन गर्ने कार्यक्रम रहेको प्रतियोगिताका संयोजक शिव गुरुङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close