घरेलु मैदानमा चुक्यो नेपाल, उपाधि उचाल्ने सपनामा ब्रेक

पोखरा स्पोर्टस । काठमाण्डौमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा घरेलु मैदानमा काजाकस्तान संग पराजित हुँदा नेपाल फाइनलमा प्रवेश गर्नबाट चुकेको छ ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको सेमीफाइनलमा ३–२ ले पराजित हुँदा नेपाल फाइनलमा पुग्नबाट चुकेको हो । यो पराजय संगै तेश्रो पटक उपाधि उचाल्ने नेपालको सपनामा ब्रेक लागेको छ । नेपालले पहिलो सेटमा नै चार पटक सेट पोइन्ट लिने महत्वपूर्ण अवसर गुमाउन पुग्यो । पहिलो सेट ३०–२८ ले गुमाएको नेपालले दोश्रो र तेश्रो सेटमा भने कम ब्याक गरेको नेपाल चौथो र पाँचौ सेट लगातार गुमाउन पुग्यो ।

खचाखच दर्शकको उत्साहका विच नेपालले दोश्रो सेट २५–१६ ले सहज जित हात पार्दै काजाकस्तानलाई दबाबमा राख्ने प्रयास गर्‍यो । तेश्रो सेट समेत् २५–१५ ले नेपालले जित्दा यूवा खेलाडीले भरिएको काजाकस्तान संग अनुभवी नेपाली टिमले अन्तिम दुई सेटमा खेलमा फर्किने अबसरहरु आफै खेर फाल्यो ।

दोश्रो र तेश्रो सेटमा उत्कृष्ट खेल प्रदर्शन गरेको नेपालले चौथो सेटमा लगातार अंक गुमाउन पुग्यो । चौथो सेट १८–२५ ले खेल गुमाएको नेपालले पाचौं सेट झनै खराब प्रदर्शन गर्‍यो । पाँचौ सेट ७–१५ ले गुमाए संगै आफ्नै मैदानमा उपाधि नजिक पुग्न असफल रह्यो ।

काजाकस्तानले अब फाइनलमा भारत संग आफ्नो भेट पक्का गरेको छ । यता नेपालले तेश्रो स्थानका लागि उज्वेकिस्तान संग खेल्नेछ । भारतले आजनै भएको सेमीफाइनलमा उज्बेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । फाइनल खेल आइतबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close