पोखरा महानगरस्तरीय स्क्वास प्रतियोगिता हुने

पोखरा स्पोर्टस । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना र स्क्वास र्‍याकेट एसोसिएसन, कास्कीको व्यवस्थापनमा जेठ १२ र १३ गते महानगरस्तरीय दोस्रो स्क्वास प्रतियोगिता हुने भएको छ ।

भेट्रान्स, खुल्ला र बिगिनर्स गरी तिन विधामा प्रतियोगिता हुने प्रतियोगिता संयोजक विश्वकुमार विजुक्छेले जानकारी दिए । प्रतियोगिता रंगशालास्थित स्क्वास र्‍याकेट भवनमा हुनेछ ।

दुई दशकभन्दा अगाडिदेखि नै खेल्न सुरू भए पनि यो खेलबारे कमै चर्चा हुने गर्छ । त्यसैले खेल प्रवर्द्धन र भइरहेका खेलाडीको स्तरोन्नति गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको स्क्वास राकेट एसोसिएसन, कास्कीका सचिव प्रवीण पालिखेले बताए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद  रु १०,५ र ३ हजारका साथमा मेडल र प्रमाणपत्र पुरस्कार दिइने छ । तृतीय हुने दुई जनाले पुरस्कार पाउने छन् ।

प्रतियोगितामा दुवै विधातर्फ गरेर ४० जनाभन्दा बढी खेलाडी सहभागी हुने अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close