मुवाँथाईको समर क्याम्पमा सैद्धान्तिक सिकाई, विद्यालयहरुमा अघि बढाइने

पोखरा स्पोर्टस । पोखरामा जारी मुवाँथाईको समर क्याम्पमा सहभागिहरुलाई मंगलबार मुवाँथाई खेलको सैद्धान्तिककतर्फको प्रशिक्षण सम्पन्न गरिएको छ ।

थाईल्याण्डबाट सुरु भएको मार्शल आर्ट खेल मुवाँथाई विश्वव्यापी बने संगै यूवा खेलाडी उत्पादन गर्न पोखरामा ४५ दिने निशुल्क समर क्याम्प सुरु गरिएको हो । सो समर क्याम्पन अन्तर्गत मंगलबार मुवाँथाई खेलको इतिहास, खेलमा प्रयोग हुने भाषिक शब्दहरु, ‘फाइभ डब्लु एच’का विभिन्न विषयमा प्रशिक्षण दिइएको उक्त खेलका अन्तर्राष्ट्रिय सर्टिफाइड तथा नेपालका  प्रशिक्षक खगेन्द्र क्षेत्रीले जानकारी दिएका छन् ।

विभिन्न विद्यालयका १ सय जना भन्दा बढि सहभागि रहेको समर क्याम्पमा मुवाँथाई खेलको ‘ट्रेडिसनल, प्रोफेसनल, अमेच्योर र विशेषता र भिन्नताका बारेमा समेत जानकारी गराइएको थियो । सो अवसरमा व्यवसायिक खेलकुदमा मुवाँथाईको विकासका बारेमा जानकारी गराउनुका साथै सो को प्रदर्शनी खेलहरु समेत गरिएको क्षेत्रीले जानकारी दिए ।

सहभागिहरुलाई प्रशिक्षकहरु ज्ञानेन्द्र सिंह, शुष्मा चौधरी, अनिश मगर, अर्मान गुरुङले प्रशिक्षण दिएका थिए ।

उक्त समर क्याम्पको यहि शनिबार समापन गर्ने तयारी समेत भइरहेको प्रशिक्षक क्षेत्रीले जानकारी दिएका छन् । दिक्षान्त समारोह सहित कार्यक्रमको समापन गरिने र सहभागिहरुलाई ब्यान्ड समेत प्रदान गरिने छ ।

मुवाँथाई खेल बुद्ध र हिन्दु धर्मको समिश्रण रहेकोले पनि यो खेलको महत्व उत्तिकै रहेको जनाउँदै प्रशिक्षक क्षेत्रीले यो वर्ष पोखराका केही विद्यालयहरुमा प्रशिक्षणको सुरुवात गरिने जानकारी दिएका छन् । उनले भने–“मुवाँथाई खेलको विकासका लागि हामी प्रतिवद्ध छौं । विश्वमा यो खेलको प्रोफेसानिलिजम बढे संगै त्यसका लागि तयारी आवश्यक छ । नेपाल पनि यो खेलमा सक्षम छ भन्ने सन्देश दिन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close