क्षेत्रिय र जिल्ला खेलकुदका कर्मचारीहरु प्रदेश खेलकुदमा काजमा पठाउने राखेपको निर्णय

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले क्षेत्रिय र जिल्ला खेलकुदमा कार्यरत कर्मचारीहरुलाई प्रदेश खेलकुद अन्तर्गत काजमा पाठाउने भएको छ ।

राखेपको आइतबार बसेको ११६ औं बोर्ड बैठकले उक्त निर्णय गरेको हो । लामो समय देखि बिबादमा रहेको उक्त निर्णयले प्रदेश खेलकुद परिषदमा न्यून रहेको कर्मचारीहरुको समस्या स्वतः हट्ने भएको छ ।

यसै गरी राखेपमा लामो समय देखि कर्मचारी हरुको बढुवा प्रक्रियाको समेत समस्या समाधान हुने गरी निर्णय भएको बैठकमा सहभागिले बताए । ‘कर्मचारी बढुवाका लागि एक टोली गठन भएको छ’ ‘अबको ४५ दिन भित्र कर्मचारीहरुको बढुवा मापदण्ड र दरवन्दि मिलानको प्रतिवेदन सहित बुझाउने छ ।’

राखेपले गत नवौं राष्ट्रिय खेलकुदलाई मध्यनजर गर्दै २०७८ असार २७ गते क्षेत्रिय र जिल्ला खेलकुदमा कार्यरत कर्मचारीहरुलाई प्रदेश खेलकुदमा काजमा पठाउने निर्णय गरेको थियो । तर कर्मचारीहरु आफ्नो बढुवा र दरवन्दि मिलान नभए सम्म काजमा नखिटिने भन्दै निर्णयको विरोध समेत गरेका थिए ।

कमर्चारीको समायोजन संगै राखेपले क्षेत्र र जिल्लामा रहेका खेलकुद पूर्वाधारहरु समेत प्रदेश खेलकुदलाई हस्तान्तरण गर्ने गरी तयारी गर्ने भएको छ ।

सो बैठकमा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले सहभागिता जनाएका थिए । उनले भने–‘परिषदको आजको निर्णयले बल्ल खेलकुदमा संघियता झल्किएको छनक मिल्यो । कर्मचारी र खेलकुद संरचनाहरु परिषद अन्तर्गत ल्याउन राखेपले गरेको शैद्धान्तिक निर्णयले खेलकुदमा ठूलोे फड्को मारेको छ ।’ बैठकमा सो बारे आफूले बोलेको समेत बताए ।

बैठकले चिनको ह्वाङझाउमा हुने १९ औं एसियाली खेलकुदमा नेपालको सहभागिताका विषयमा छलफल भएको छ । नेपालले विभिन्न खेलमा २०८ जना खेलाडीहरुको सहभागिता गराउने निर्णय संगै सोको सम्पूर्ण व्यवस्थापनका लागि एक समिति गठन समेत गरेको छ ।

प्रेस विज्ञप्ती
आज मिति २०८० साल जेठ ७ गतेका दिन मा. युवा तथा खेलकुद मन्त्री एवम् राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष डिगबहादुर लिम्बुज्यूको अध्यक्षता सम्पन्न भएका परिषद्को ११६ औं बोर्ड बैठकबाट तपसिलमा रहेका एजेण्डाहरुमा बृहत्त ढंगबाट छलफल भई निम्नानुसार निर्णय भएको ब्यहोरा सम्बन्धित सबैका लागि जानकारीका लागि यो प्रेस विज्ञप्ती जारी गरिएको छ ।

तपसिल 
१. एशियाली खेलकुद तयारी एवं सहभागिताका लागि आवश्यक वजेट सम्बन्धमा छलफल हुँदा १९ औं एशियाली खेलकुदका लागि प्रस्तावित खेलहरु तथा कार्यक्रम र बजेटका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालय मार्फत सम्बन्धित निकायमा समन्वय गरी अगाडी बढ्ने निर्णय गरियो ।

२. एसियाली खेलकुदको समग्र तयारीलाई जोड दिँदै सञ्चालन भइरहेको तालिमलाई चरणबद्ध रूपले विशेष र बन्द प्रशिक्षण सञ्चालन गर्नुका साथै हाल भइरहेको प्रशिक्षणलाई तीन भागमा प्रशिक्षण पूरा भएपछि बन्द प्रशिक्षण सञ्चालन गर्ने निर्णय भएको छ ।

३. पदकको उच्च सम्भावना भएको खेललाई वैदेशिक प्रशिक्षणको व्यवस्था गर्ने, २८ खेलको दुई सयभन्दा बढी खेलाडी सहभागी हुने गरी तयारी गर्ने तथा तयारी (विशेष, बन्द र वैदेशिक प्रशिक्षण) तथा सहभागिताका लागि परिषद्ले सम्बन्धित सरोकालवालासंग छलफल गरी तयार गरेको अनुमानित २९ करोड रुपैयाँ बजेट युवा तथा खेलकुद मन्त्रालय मार्फत परिषद्ले सिफासिर गर्ने निर्णय भएको छ ।

साथै खर्चको नम्ससमेत तयार गरिएको छ । एसियाली खेलकुद नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गर्ने खेलकुदमध्ये सबैभन्दा महत्वपूर्ण प्रतिस्पर्धा रहेकाले सोही अनुसार बजेटको व्यवस्थाका लागि नेपाल सरकारलाई युवा तथा खेलकुद मन्त्रालयमार्पmत बजेट उपलब्धका लागि अनुरोध गर्ने निर्णय भएको छ ।

२. राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत कर्मचारीहरुको बढुवा सम्बन्धमा ।
(क) राष्ट्रिय खेलकुद परिषद्को पदपूर्ति समितिको पूर्णता सम्बन्धमा आवश्यक छलफल हुँदा पदपूर्ति समितिमा दुई जना विशेषज्ञका रुपमा क्रमशः चन्द्रकान्त पण्डित र बिजेन्द्र हमाललाई मनोनयन गर्ने निर्णय गरियो ।

(ख) परिषद्को संगठन संरचना (ओ एन्ड एम सर्भे) तथा विनियमावलीका लागि परिषद्का उपाध्यक्ष शिव कोइरालाको संयोजकत्वमा ५ सदस्यीय कार्यदल  गठन गर्ने र उक्त कार्यदलले बैठक सम्पन्न भएको मितिले ४५ दिन भित्र अनिवार्य प्रतिवेदन तयार गरी परिषद्मा पेश गर्ने समेत निर्णय गरियो ।

३. विविध
(क) परिषद् तथा परिषद् अन्तर्गतका क्षेत्रीय तथा जिल्ला खेलकुद बिकास समितिमा कार्यरत कर्मचारी हरुलाई राष्ट्रिय खेलकुद बिकास नियमावली, २०७९ को परिच्छेद ८ को नियम २४ को उपनियम (७) बमोजिम प्रदेश तथा जिल्ला खेलकुद बिकास समितिहरुमा कामकाज गर्न खटाउने सम्बन्धमा छलफल हुँदा सम्पत्ती, दायित्व र कर्मचारीहरु संघीय संरचना बमोजिम परिचालन गर्ने निर्णय गरियो । अर्को ब्यवस्था नभएसम्मका लागि कर्मचारी कामकाज गर्न खटाउने अधिकार राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ५२ बमोजिम परिषद्का सदस्य–सचिवलाई प्रदान गर्ने निर्णय गरियो ।

टंकलाल घिसिङ
सदस्य–सचिव

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close