
पोखरा स्पोर्टस । नेपाल आर्चरी संघको चौथो अधिवेशनले दिपकराज गुरुङलाई पुनः अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको छ ।
काठमाण्डौमा शनिबार सम्पन्न अधिवेशनले अध्यक्षमा गुरुङ सहित १३ सदस्यिय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा बसन्त थकाली निर्वाचित भएका छन् । थकाली यस अघि पनि सोही पदमा कार्यरत थिए ।
त्यसै गरी उपाध्यक्षमा कर्म गुरुङ र महासचिवमा रमेश सिवाकोटी पुनः दाहोरिएका छन् । त्यसै गरी सचिव पदमा योगेन्द्र शेरचनले पुनः मौका पाएका छन् । उनी कास्की आर्चरी संघको अध्यक्ष तथा प्रदेश खेलकुद परिषद गण्डकीका बोर्ड सदस्य हुन् । त्यसै गरी कोषाध्यक्षमा भरत गुरुङ निर्वाचित भए ।
कार्यसमितिको सदस्य पदमा विकाश अर्याल, बिनोद श्रेष्ठ, तिल कुमारी थापा, रेवा बस्नेत, उदिन राई, सुलेक्षण सिवाकोटी र सरोज भुजेल निर्विरोध निर्वाचित भए ।
संघिय खेलकुद विकास ऐन २०७७ अनुसार भएको अधिवेशनमा निर्वाचित कार्यसमितिको पदावधी आगामी ४ वर्षका लागि हुनेछ ।
यस अघि अधिवेशनको उद्घाटन नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं पूर्व मन्त्री जिवनराम श्रेष्ठले गरेका थिए । कार्यक्रममा नेपाल पौडी संघका अध्यक्ष अशोक बज्रचार्य लगायतले शुभकामना व्यक्त गरेका थिए ।
