भलिबललाई पूर्व अध्यक्ष मनोरञ्जन र टाइगर ग्रुपले गरे सहयोग

पोखरा स्पोर्टस । नेपाल भलिबल संघको आयोजनामा हुने काभा महिला भलिबल च्यालेन्ज कप –२०२३ को लागि संघका पूर्व अध्यक्ष मनोरञ्जन रमण शर्माले आर्थिक सहयोग गरेका छन् ।

सोमबार कार्की ब्याङकेट, बबरमहलमा आयोजित पत्रकार सम्मेलनका अवसरमा पूर्व अध्यक्ष शर्माले उक्त च्याम्पियनसिपका लागि नगद १ लाख प्रदान गरेका हुन् ।

यस्तै आर्थिक सहयोग गर्ने क्रममा टाईगर ग्रुप अफ पोखराले नगद १ लाख र बिद्यालय भलिबल कमिसनले नगद ७५ हजार आर्थिक सहयोग गरेका छन् । पूर्व अध्यक्ष शर्मा र बिद्यालय भलिबल कमिशनका सचिव लोकेन्द्र बहादुर खड्काले संघका कोषाध्यक्ष श्यामकृष्ण श्रेष्ठलाई नगद हस्तान्तरण गरे ।

यस्तै उक्त प्रतियोगिताका लागि विभिन्न संघ संस्था तथा भलिबल प्रेमीहरुबाट आर्थिक सहयोगको प्रतिबद्धता आईरहेको अध्यक्ष जितेन्द्र बहादुर चन्दले पत्रकार सम्मेलनमा जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close