
पोखरा स्पोर्टस । फेन्सिङ खेलप्रेमीहरुको एक भेलाले पोखरा महानरगपालिका फेन्सिङ संघ गठन गरेको छ ।
भेलाले प्रदिप छिन्दालको अध्यक्षतामा ७ सदस्यिय संघ गठन गरेको हो । संघको उपाध्यक्षमा छवि गुरुङ रहेकी छन् भने सचिवमा निसान कार्की र कोषाध्यक्षमा चिजा पुन मगर रहेको कास्की फेन्सिङ संघका अध्यक्ष बिजय शाहीले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।
यसै गरी संघको सदस्यमा अमृत पोखरेल, रमेश बास्तोला र अमृता राई रहेका छन् ।
पोखरा महानगर खेलकुद विकास समितीले समितिका उपाध्यक्ष राजेन्द्र जिशीको संयोजकत्वमा गठित समितिले पोखरा महानगर खेलकुद विकास ऐन अनुसार उक्त संघ गठन गरिएको जनाइएको छ ।
सो अवसरमा पोखरा महानगर खेलकुद विकास समितीका अध्यक्ष दिपक बहादुर गोदार, सदस्य सचिव सुवास खड्का, सदस्यहरु ऋषीसरा थापा र कास्की फेन्सिङ संघका अध्यक्ष बिजय शाहीको सहभागिता रहेको थियो ।
कार्यक्रममा गत चैतमा सम्पन्न राष्ट्रिय फेन्सिङ प्रतियोगितामा विजेता खेलाडीलाई समितिका अध्यक्ष गोदारले बधाई दिंदै आगामी दिनमा अझै उर्जाशिल भएर खेल्न शुभकामना दिएका थिए । प्रतियोगितामा गण्डकीले १ स्वर्ण, एक रजत र १ कास्य पदक जितेको थियो ।
