उमा कुङफु टोली इङल्यान्ड जाने

पोखरा स्पोर्टस । उमा (डब्लुयुएमए) युरोपिन च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित दुई सदस्यीय नेपाल टोली शुक्रबार इङल्यान्डको ग्लोस्टर प्रस्थान गर्ने भएको छ ।

मे १४ तारिखमा हुने प्रतियोगितामा कमल मगरले विभिन्न ३ स्पर्धामा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । उनले १८ वर्षमाथि उमेर समूहमा चाइनिज क्रिएटिभ, वेपन्स फर्म र बेयर ह्यान्ड स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।

कमल इङल्यान्डमा भएको उमा विश्व च्याम्पियनसिपमा स्वर्ण, क्रोएसियामा भएको विश्व कपमा स्वर्ण, अस्ट्रियामा भएको विश्व कपमा रजत तथा थाइल्यान्डमा भएको सान्डा बक्सिङमा रजत विजेता हुन् ।

कमलसंगै टिम व्यवस्थापकको भूमिकामा नेपाल उमा कुङफु संघ, कोशी प्रदेशका सदस्य सुरेन राई पनि इङल्यान्ड जाने छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा, वरिष्ठ उपाध्यक्ष सन्जित राई, उपाध्यक्ष मुन्नी सुवेदी, सचिव रमेश महर्जन, सदस्य अशोक केसी, तार्केश्वर उमा कुङफुका अध्यक्ष शिव कुँवर, उमा कुङफुका अन्तर्राष्ट्रिय पदक विजेता सञ्जयराज पुटुवारले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close