पोखरामा जिम तथा फिटनेश ट्रेनर लक्षित कार्यशाला

पोखरा स्पोर्टस । पोखरामा जिम तथा फिटनेश ट्रेनर लक्षित कार्यशाला हुने भएको छ ।

उक्त कार्यशाला नेपाली यूथ फिटनेश एकेडेमीले सञ्चालन गर्ने भएको हो । सो कार्यक्रममा आफ्ना भनाई राख्दै नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज बहादुर गुरुङले एक सक्षम प्रशिक्षकका लागि वैज्ञानिक आधारमा आफ्नो सिकाईलाई आझै प्रभावकारी बनाउन कार्यशाला महत्वपूर्ण हुने बताए ।

स्वस्थ नागरिक उत्पादन गर्न समेत प्रशिक्षकको भूमिका रहेको बताउँदै गुरुङले भने–“आफूले प्राप्त गरेको शिप र ज्ञानले नै जिवनमा मात्रै नभई समाज परिवर्तनमा समेत उत्तिकै महत्वपूर्ण रहने भएकोले खेलकुदमा ‘एकेडेमीक पार्ट’ आवश्यकता बढ्दै गएको छ ।”

उक्त कार्यक्रमा संस्थाका संस्थापक सुकदेव कार्कीले नेपालमा जिम तथा फिटनेश क्लवहरुको संख्या पछिल्लो क्रममा ह्वात्तै बढे पनि सक्षम ट्रेनरको अभाव समेत उत्तिकै खटकिएको बताए । सक्षम ट्रेनर बन्नका लागि नै बैज्ञानिक अध्ययन आवश्यक रहेको कुरा औल्याउँदै उनले आफ्नो लामो अनुभवबाट नै संस्था मार्फत यस्तो कार्यक्रम अघि सारिएको बताए ।

संस्थापक कार्कीले पोखरामा सञ्चालन हुन लागेको कार्यशाला पाँचौ व्याच भएको बताउँदै यसबाट पोखराका फिटनेश सेन्टरहरु समेत लाभान्वित हुने बताए । “एक ट्रेनर बन्नका लागि प्रमाणपत्र हातमा भए र मात्रै पुग्दैन । उसको क्षमता के हो र उ त्यो विषयमा कति अध्ययनशिल छ भन्ने नै हो”, उनले भने–“लाइफ स्टाइल संगै फिटनेश इन्डस्ट्री स्थापित हुँदै गए पनि सक्षम ट्रेनर नहुँदा समस्या पनि बढ्दै जाने निश्चित छ ।” एक सक्षम ट्रेनरलाई रोजगारका लागि भौांतरिनु नपर्ने उनले औंल्याउँदै पोखराका लागि उत्कृष्ट ट्रेनर बन्ने अवसर समेत आएको बताए ।

उक्त संस्थाले नेपालका विभिन्न भागमा आफ्नो सामाजिक अभियान अन्तर्गत सार्वजनिक स्थानहरुमा क्यालेस्थेनिक्स सेन्टरहरु सुरु गरेको छ भने अर्को तर्फ एकेडेमीक विषयहरुको समेत उत्तिकै प्रभावकारी रुपमा सञ्चालन गर्दै आएको छ । पोखरामा सुरु गरिन लागिएको उक्त कार्यशाला ४० दिनको हुने कार्कीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close