पोखरामा मुवाथाई मार्शल आर्टको समर क्याम्प सुरु

पोखरा स्पोर्टस । पोखरामा मुवाथाई  र्माशल आर्टको समर क्याम्प सुरु भएको छ ।

पाँच हप्ते लामा उक्त समर क्याम्प मंगलबार पोखरा रंगशालामा सुरु भएको हो । उक्त समर क्याम्पको गण्डकी प्रदेशका सांसद प्रकाश बरालले एक कार्यक्रमका विच शुभारम्भ गरे । सो अवसरमा बोल्दै सांसद बरालले विद्यार्थी लक्षित समर क्याम्पले उनीहरु भित्र रहेको खेल अन्तर्निहित क्षमता उजागर गर्न सहयोग पुग्ने बताउँदै आत्मरक्षा र खेल विकासका लागि समेत उत्तिकै महत्वपूर्ण रहने बताए ।

निशुल्क रुपमा आयोजित उक्त प्रशिक्षणको प्रशंसा गर्दै सांसद बरालले अन्य खेलकुद सम्वद्ध संस्थाहरुले समेत आत्मसात गर्नु पर्ने उनको भनाई थियो ।

के हो मुआथाई खेल
मुआथाई खेल थाइल्याण्डमा जन्मिएको खेल हो । यो थाइल्याण्ड हुँदै विश्वभरी फौलिएको छ । १३ औं शताव्दीमा युद्धकला सिक्न सुरु भएको मुआथाई १८ औं शताव्दीमा आएर तत्कालिन राजाहरुले यसलाई खेलको रुपमा विकास गरेका थिए । मुआथाई विश्वकै नं १ मार्शल आर्ट खेलको रुपमा लिइन्छ । यो खेलले थाइल्याण्डको खेल मार्फत अर्थतन्त्रम समेत सकारात्मक प्रभाव परेको बताइन्छ । विश्वका संयौं मार्शल आर्ट खेलाडीहरु यो खेल सिक्न थाइल्याण्ड पुग्ने गरेका छन् । नेपालमा समेत विस्तारै यो खेलको विकास अघि बढेको छ ।

सो अवसरमा बोल्दै क्षेत्रिय खेलकुदका निर्देशक कृष्ण तिमिल्सिनाले पछिल्लो समय बालबालिकामा बढ्दै गएको मोवाइल मोहलाई कम गराउन उनीहरुलाई खेल मैदानमा ल्याउन अभिभावकहरु सचेत हुनुपर्ने बताए । बालबालिकामा बढ्दै गएको नकारात्मक प्रभाव कम गर्न र उनीहरुलाई अध्ययनतर्फ रुची बढाउन समेत खेलकुद प्रभावकारी हुने उनले उल्लेख गरे ।

कार्यक्रमका संयोजक तथा प्रदेश खेलकुद परिषदक सदस्य खगेन्द्र क्षेत्रीका अनुसार उक्त समर क्याम्पमा विभिन्न विूद्यालयका कुद ११८ जना सहभागि छन् । ति मध्ये ५२ जना अन्य मार्शल आर्ट खेल संग सम्वद्ध रहेको मुआथाईका अन्तर्राष्ट्रिय प्रशिक्षक समेत रहेका क्षेत्रीले बताए ।

सिनियर मार्शल आर्ट प्रशिक्षक शिव गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ, कार्यकारी सदस्य दिल बहादुर गुरुङ, नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुली, जिल्ला खेलकुद कास्कीका अध्यक्ष तोरण बाँनिया, पोखरा महानगर खेलकुदका सदस्य सचिव सुवास खड्का लगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा सहभागिहरु खेलाडीहरुले मुआथाई खेलको वायक्रु नृत्य लगायत अन्य खेलकुद गतिविधिहरु प्रस्तुत गरेका थिए भने कार्यक्रममा सहयोगीहरुलाई समेत मायाँको चिनो सहित सम्मान गरिएको थियो । उक्त प्रशिक्षण कार्यक्रममा मुआथाईका अन्तर्राष्ट्रिय प्रशिक्षक रहेका क्षेत्री, ज्ञानेन्द्र सिंह, अनिश वुढा मगर, सुष्मा चौधरी, अर्मान गुरुङ र आयुष गुरुङले निशुल्क रुपमा प्रशिक्षण दिनेछन् । प्रशिक्षक क्षेत्रीले निशुल्क टिसर्ट, पानीको वोत्तल, झोलालगायतका किट्सहरु समेत सहभागिहरुलाई निशुल्क प्रदान गरेका छन् ।

सो समर क्याम्पलाई नेपाल मुआथाई संघ गण्डकी प्रदेश र नेपाल राष्ट्रिय मुवांथाई संघ केन्द्रको विशेष सहयोग एवं समन्वय रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close