
पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीलाई शुक्ला गण्डकी नगर पालिका तनहुँले सहयोग गरेको छ ।

केन्द्रियस्तरीय राष्ट्रपति रनिङ शिल्डका लागि काठमाण्डौ हिंडेको टोलीलाई नगर पालिकाले सहयोग गरेको हो । नगरपालिकका प्रमुख प्रशासकिय अधिकृत लिलाबल्लभ न्यौपानेको पहलमा करिव १ लाख बराबरको औषधी सहयोग गरेको परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिएका छन् ।
काठमाण्डौ प्रस्थान गरेको टोलीलाई शुक्ला गण्डकी नगर पालिकामा आयोजित एक कार्यक्रममा नगर पालिकाका मेयर कृष्णराज पण्डितले परिषदका सदस्य सचिव एवं टोली नेता घनश्याम पौडेललाई हस्तान्तरण गरेका छन् ।
राष्ट्रपति रनिङ शिल्डका लागि प्राप्त औषधीहरु खेलाडीहरुका लागि प्रयोग गरिने बताउँदै सदस्य सचिव पौडेलले सहयोगका लागि नगर पालिका प्रति आभार व्यक्त गरेका छन् ।
