पोखरामा हुने नेपाल–भारत दृष्टिविहीन महिला क्रिकेट सिरिजको तयारी पुरा

पोखरा स्पोर्टस । नेत्रहीन क्रिकेट संघको आयोजनामा भोलि (मंलबार) देखि पोखरामा सुरुहुने नेपाल भारत दुइपक्षिय टी–२० दृष्टिविहीन महिला क्रिकेट सिरिजको तयारी पूरा भएको छ ।

नेत्रहीन क्रिकेट संघले आज पोखरामा पत्रकार सम्मेलन गर्दै भोलि देखि सुरु हुने नेपाल भारत दुइपक्षिय टी–२० दृष्टिविहीन महिला क्रिकेट सिरिजको तयारी पूरा भएको संघका महासचिव अमृत बरालले बताएका हुन् । ‘महासचिव बरालले भने,– ‘१२ र १३ गते पोखरामा प्रतियोगिता सञ्चालन हुनेछ भने १५, १६ र १७ गते काठमाडौंको मुलपानी क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन हुन्छ ।’

उनका अनुसारको सिरिजको विजेताले ७५ हजार उपविजेताले ४५ हजार र प्लेयर अफ दि म्याचले ५ हजार रुपैयाँसहित ट्रफी पाउनेछन् ।

नेपाली टोली भगवती भट्टराई बराल र भारतीय टोली सुष्मा पट्टेलको कप्तानीमा मैदानमा उत्रदैंछ । दुवै टोलीका कप्तानले खेल्न आफूहरु तयार रहेको बताएका छन् ।

नेत्रहीन क्रिकेट संघको आयोजनामा हुने प्रतियोगिता बैशाख १७ गतेसम्म चल्नेछ । विगत ११ वर्षदेखि दृष्टिविहीन महिला क्रिकेट टोली सक्रिय रुपमा खेलिरहेका छन् । जसमा सन् २०१४ मा बेलायत र सन् २०१९ मा पाकिस्तानसँगको अन्तर्राष्ट्रिय खेल जितेको थियो ।

क्रिकेट बलमा रहेको ध्वनीको सहायताबाट दृष्टिविहीन खेलाडीले क्रिकेट खेल्छन् । क्रिकेट टोलीमा रहेका दृष्टिविहीन खेलाडीलाई ३ वटा समूहमा विभाजन गरिएको छ । जसमा बी १ खेलाडी अर्थात् पूर्ण दृष्टिविहीन, बी २ मा मध्यम दृष्टि र बी ३ न्यून दृष्टि भएका खेलाडी हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close