पोखरेली टेनिस खेलाडी अभिषेक विश्व वरियताको १७९० औं स्थानमा

पोखरा स्पोर्टस/ तस्विर : सुदर्शन रञ्जित । पोखरेली खेलाडी अभिषेक बास्तोला आइटिएफ वरियताको १७९० औं स्थानमा उक्लिन सफल भएका छन् ।

पोखराबाट टेनिस खेल्न सुरु गरेका बास्तोला नेपालका लागि पहिलो पटक आइटिएफको वरियतामा पर्न सफल भएका हुन् । अमेरिकामा नै अध्ययन गर्दै आइरहेका २३ वर्षिय उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । अमेरिकामा व्यवसायीक रुपमा टेनिस खेल्दै आएका अभिषेक नेपाली खेलाडी टेनिस खेलाडीमा आइटिएफ वरियताको यो स्थानमा उक्लिन सफल  एक मात्र खेलाडी हुन् ।

विश्ववारियताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आफ्ना भनाई राख्दै अभिषेकले विश्व वरियताको दुई हजार भन्दा तल पर्नु सामान्य कुरा नभएको बताए । उनले दशौं हजार खेलाडीहरुको बीचमा समेत १७९० स्थानमा आउनु खेलाडीको लागि ठूलो उपलब्धि भएको बताए । आफु देशका लागि खेल्ने भएकाले बाकीँ यात्राका लागि सम्बन्धित निकायले समेत सहयोग गरिदिनुपर्नेमा जोड दिए ।

अभिषेक पोखरामा स्थापित व्यवसायी अनुज बास्तोलका छोरा हुन् । उनका पिता अनुज टेनिस खेलमा आवद्ध छन् । अभिषेकले हाल सम्म विभिन्न १४ राष्ट्रमा प्रतियोगिता खेलिसकेको अनुभव समेत बटुलेका छन् । अभिषेकले आफूले अव सन २०२४ को ओलम्पिकको तयारी समेत गरिरहेको बताएका छन् । २०२६ को युएस ओपन टेनिसका लागि आफ्नो यात्रा अघि बढ्ने लक्ष्य रहेको जनाएका छन् । उनी ओलम्पिक वा युएस ओपनमा पुगे भने सम्भवतः दक्षिण एसियामा भारत पछि त्यहाँ पुग्ने पहिलो नेपाली खेलाडी हुनेछन् । 

कास्की जिल्ला टेनिस संघले आयोजना गरेको पत्रकार सम्मेलनमा कास्की टेनिसका अध्यक्ष लोक बहादुर गुरुङ, नेपाल टेनिस संघका उपाध्यक्ष बिनोद कायस्थले अभिषेकले हासिल गरेको उपलब्धिका बारे चर्चा गर्दै पोखराको टेनिस खेल विकासले यूवा खेलाडी उत्पादनका लागि जोड दिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close