काभा महिला भलिबल च्याम्पियनसिपमा नेपाल र भारत एउटै समुहमा

पोखरा स्पोर्टस । “काभा महिला भलिबल च्याम्पियनसिप २०२३” को टाईसिट सार्वजनिक गरिएको छ ।

काठमाण्डौमा आगामी २० देखि २९ मे (जेठ ६ देखि १५ गते ) सम्म आयोजना हुने प्रतियोगिताको नेपाल भलिबल संघले प्रारम्भिक तयारी सुरु गरिसकेका हो । सेन्ट्रल एसिया जोनका ८ देशको सहभागिता हुने उक्त प्रतियोगितामा नेपाल पुल ‘ए’ मा भारत संगै रहेको छ ।

पुल ‘ए’ मा नेपाल संगै किग्रीस्तान, भारत, बंगालादेश र भुटान रहेका छन् ।

त्यसै गरी ‘पुल बि’ मा उज्बेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजाकास्तान रहेका छन् ।

उक्त प्रतियोगितामा सहभागि हुने नेपाली खेलाडीहरु यति बेला बन्द प्रशिक्षणमा रहेका छन् । यति बेला प्रारम्भिक चरणमा २१ जना खेलाडीहरु बन्द प्रशिक्षणमा रहेका छन् । प्रारम्भिक खेलाडीहरुमा अरुणा शाही (गण्डकी), सरस्वती चौधरी (एपिएफ), निरुता ठगुन्ना (एपिएफ) कविता भट्ट (एपिएफ), पुजा चौधरी (एपिएफ), प्रतिभा माली (न्यू डायमण्ड), सलिना श्रेष्ठ (न्यू डायमण्ड), प्रगती नाथ (न्यू डायमण्ड), रिमा कुवंर (न्यू डायमण्ड) रहेका छन् ।

त्यसै गरी सलिना बुढा मगर (न्यू डायमण्ड), सुमित्रा घिमिरे (न्यू डायमण्ड), कृपा अधिकारी (त्रिभुवन आर्मी क्लव), सुनिता खड्का (त्रिभुवन आर्मी क्लव), सफिया पुन (त्रिभुवन आर्मी क्लव), सरस्वती जैशी (त्रिभुवन आर्मी क्लव), संगम महतो (त्रिभुवन आर्मी क्लव), उषा भण्डारी (नेपाल पुलिस क्लव), कामना विष्ट (नेपाल पुलिस क्लव), पुनम चन्द (नेपाल पुलिस क्लव), र शान्तीकला तामाङ (नेपाल पुलिस क्लव) रहेका छन् ।

नेपाली खेलाडीहरुलाई हालै प्रशिक्षकमा नियुक्ति पाएका विदेशी प्रशिक्षक बेल्जियन जान डी ब्रान्टले नेपाली टोलीलाई प्रशिक्षण दिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close