कास्की बास्केटबलले सुरु गर्‍यो ‘बास्केटबल ट्यालेन्ट हन्ट’

पोखरा स्पोर्टस । कास्की बास्केटबल संघले विद्यार्थी लक्षित ‘बास्केटबल ट्यालेन्ट हन्ट’ सुरु गरेको छ ।

विशेष गरी हालै एस.ई.ई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी उक्त कार्यक्रम सुरु गरेको हो । उक्त कार्यक्रम मार्फत यूवा बास्केटबल  प्रतिभाहरुको छनौट गरिने कास्की बास्केटबल संघका अध्यक्ष धोज कुमार गुरुङले जानकारी दिए ।

१४ देखि १८ वर्ष उमेर समुहमा सहभागिता जनाउन सकिने उक्त ट्यालेन्ट हन्टले यूवा खेलाडी उत्पादनमा सहयोग पुग्ने प्रदेश खेलकुदका उपाध्यक्ष समेत रहेका गुरुङले पोखरा स्पोर्टसलाई बताए ।

पोखरा रंगशालामा सञ्चालन हुने ‘बास्केटबल ट्यालेन्ट हन्ट’ चैत्र २७ देखि २०८० जेठ २७ सम्म २ महिनाका लागि सञ्चालन गरिनेछ । उक्त कार्यक्रममा सहभागि हुन चाहनेहरुका लागि ३ हजार शुल्क समेत तोकिएको संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close