अन्तर्राष्ट्रिय खेल दिवसमा लुम्बिनीमा दीप प्रज्ज्वलन्

पोखरा स्पोट्स । नेपाल ओलम्पिक कमिटीले ‘विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय खेल दिवस’को अवसरमा अप्रिल ६ मा गौत्तम बुद्धको जन्मभुमी लुम्बिनीमा विशेष कार्यक्रम गरेर मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले त्यस अवसरमा आयोजित दीपावली कार्यक्रमको उद्घाटन गरेका हुन् ।

कार्यक्रमका सभापति तथा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले त्यस अवसरमा ‘विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय खेल दिवस’को महत्त्वबारे प्रकाश पारे । सन् २०१३ मा संयुक्त राष्ट्र संघले अप्रिल ६ लाई ‘विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय खेल दिवस’ मनाउने प्रस्ताव पारित गरेको थियो र त्यसपछि सबै देशमा यो दिन विभिन्न कार्यक्रम गरेर मनाउन थालेको हो ।

कमिटीको आयोजनामा गत वर्षदेखि यस दिन लुम्बिनीमा विभिन्न कार्यक्रम गरेर मनाउन थालेको हो । कार्यक्रम आयोजना गर्न प्रदेश खेलकुद परिषद लुम्बिनी र लुम्बिनी विकास कोषको सहयोग गरेको छ । अध्यक्ष श्रेष्ठले आगामी वर्षमा पनि लुम्बिनीमा यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

प्रमुख अतिथि शेरचनले खेलकुदले समाज र देशमा शान्ति ता विकासमा खेलेके भूमिकाको प्रशंसा गर्दै यस प्रकारको कार्यक्रमले लुम्बिनीलाई विश्वभरी चिनाउन मदत पुग्ने बताए । कार्यक्रममा कमिटीका मानार्थ अध्यक्ष ध्रुवबहादुर प्रधानले विश्व शान्तिममा खेलकुदको महत्त्वपूर्ण योगदान रहेको बताए ।

श्रीलंकाली ओलम्पिक कमिटीका अध्यक्ष सुरेश सुर्वमन्यमले बुद्ध जन्मभूमिमा आयोजित कार्यक्रममा सहभागी हुन फाएकोमा खुसी व्यक्त गरे । कार्यक्रमको अन्त्यमा मायादेवी मन्दिरमा २ हजार ५ सय दीप प्रज्ज्वलित गर्दै विश्व शान्तिका लागि लुम्बिनी परिसर भित्र रहेका सबै गुम्बामा भिक्षुहरूद्वारा प्रार्थना पनि गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close