विश्व विद्यालय तथा विद्यालयका प्रतिनिधिसंग राखेपको अन्तरक्रिया

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद्ले विश्वविद्यालय खेलकुद तथा विद्यालय खेलकुद प्रतियोगिता सम्वन्धमा अन्तरक्रिया कार्यक्रम गरेको छ । आगामी आर्थिक बर्ष प्रतियोगिता सन्चालन गर्ने सम्वन्धमा छलफल भएको राखेपले जनाएको हो ।

त्रिभुवन, पूर्वान्चल, पोखरा, कृषि तथा बन विज्ञान विश्वविद्यालय, प्याव्सन, एनप्याव्सन, हिसान तथा सुरक्षा निकायबाट सन्चालन भएका विद्यालयका प्रतिनिधि संग प्रतियोगिताको उद्धेश्य, टिम तयारी र सहभागिता, सहकार्य तथा बजेट व्यवस्थापन सम्वन्धमा अन्तरसम्वाद गरिएको राखेपले जनाएको छ ।

प्रतियोगिताहरु तल्लो तहबाट नै छनौट गरि राष्ट्रिय प्रतियोगिता गरिनु पर्नेमा सहभागिहरु सहमत भएका छन् । विश्व विद्यालय प्रतियोगिताका लागि सबै विश्व विधालयहरुले आफु मातहतका क्याम्पसहरुबाट छनौट गरि टीम बनाउनु पर्ने र विद्यालयहरुले जिल्ला तहबाट नै छनौट गरि केन्द्रिय टिम तयारी गर्नुपर्ने राखेपको प्रस्तावमा सहमती भएको छ ।

विद्यालय तथा विश्व विद्यालयका प्रतिनिधि संग अलग अलग भएको छलफलबाट आगामी बर्ष प्रतियोगिता गर्न आफ्नो नीति तथा कार्यक्रम मार्फत बजेट माग गर्ने र सम्वन्धित विश्व विद्यालय र विद्यालयहरुले छनौटका लागि बजेट व्यवस्था गर्नु पर्ने छ ।

खेलाडी उत्पादनको मुख्य आधार विद्यालय र विश्व विद्यालय नै हुन भन्दै परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शैक्षिक सस्थाहरु संगको सहकार्यबाट मात्र खेलाडी उत्पादन सहज हुने बताए । विभिन्न प्रकारका प्रतियोगिताबाट मात्रै अन्तर्राष्ट्रिय प्रतिष्पर्धा गर्न सक्ने खेलाडी उत्पादन हुन सक्ने सहभागिहरुको भनाई छ ।

पहिलो चरणको कार्यक्रममा प्याव्सन, एन प्याव्सन, शिक्षा मन्त्रालयका उपसचिव, युवा तथा खेलकुद मन्त्रालयका अधिकृत, नेपाल पुलिस स्कुल, नेपाल एपीएफ स्कुल, तथा शैनिक महाविद्यालयका प्रतिनिधि, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मा, प्रशासिकय अधिकृतहरु सुनिल दाहाल, ओमनाथ न्यौपाने लगायतको सहभागिता थियो ।

दोस्रो चरणको अन्तरसम्वाद कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र पोखरा विश्वविद्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको परिषद्का प्रशासकिय अधिकृत फणिन्द्र पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close