
पोखरा स्पोर्टस । नेपाल ट्राइयाथलन संघ अन्तर्गत गठित कास्की जिल्ला संघ पूर्नगठन गरिएको छ । पोखरामा सम्पन्न संघको साधारणसभाले प्रमेश पराजुलीको अध्यक्षतामा नौ सदस्यीय कास्की जिल्ला ट्राइयाथलन संघ गठन गरेको हो ।
संघको उपाध्यक्षमा डा.उमेश पराजुली, सचिबमा वामदेव सुवेदी, सहसचिव सरस्वती गोतामे सुवेदी र कोषाध्यक्ष आदर्शमान श्रेष्ठ रहेका छन् ।
यसैगरी सदस्यहरुमा श्रीभद्र पौडेल, जगत धौली, सुवर्ण आचार्य र विकास श्रेष्ठ रहेका छन् ।
संघको विशेष साधारणसभाले दिएको म्याण्डेट अनुसार जिल्ला संघको साधारणसभाबाट नयाँ समिति निर्वाचित गरिएको निर्वतमान अध्यक्ष सुमन देवकोटाले जानकारी दिए ।
नेपाल ट्राइयाथलन संघका केन्द्रीय अध्यक्ष निलेन्द्रराज श्रेष्ठले संघीयताको कार्यान्वयनसँगै ट्राइयाथलन संघलाई समेत सोही अनुसार प्रदेश र जिल्लाहरुमा विस्तार गरिएको बताए । खेलको माध्यमबाट खेल पर्यटनसँगै विदेशी मुद्रा आर्जनमा ठूलो योगदान गरेको उनको भनाई थियो ।
साधारणसभामा नेपाल ट्राइयाथलन संघका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेशका निर्वतमान प्रदेशसभा सदस्य दीपक कोइराला, गण्डकी प्रदेशसभा सदस्य एवं संघका केन्द्रीय सदस्य प्रकाश बराल लगायतको उपस्थिति रहेको थियो
