प्रदेश खेलकुद परिषद गण्डकी : सदस्य सचिबको नियुक्तिमा अदालतको अर्को आदेश

पोखरा स्पोर्टस । गत असारमा रिक्त भएको प्रदेश खेलकुद परिषद गण्डकीको सदस्य सचिवको नियुक्ति अझै अन्योल भएको छ ।

उच्च अदालत पोखराले नियुक्ति प्रकृयामा प्रारम्भिक (पूर्व) छनौट उपयुक्त उमेदवारहरुलाई मात्र परिक्षामा समावेश गराउन आदेश गरे संगै नियुक्ति प्रक्रिया लम्विने संकेत देखिएको हो । गण्डकी प्रदेशको पूर्ववती मुख्यमन्त्री कृष्ण चन्द्र पोखेरेल नेपालीले नेतृत्वको सरकारले रिक्त सदस्य सचिवको नियुक्तिका लागि जारी गरेको सूचना र वर्तमान मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारले जारी गरेको सूचना फरक भए पछि परेको रिटको सुनुवाई गर्दै उक्त आदेश जारी गरेको छ ।

खेलकुद परिषदको सदस्य सचिव पदको न्यूनतम शैक्षिक योग्यता भित्र रहेको राष्ट्रिय प्रतियोगिता खेलेको हुनुपर्ने, ऐनको दफा १७ (२ ङ) बमोजिम सार्वजनिक लाभको पद प्राप्त नभएको हुनुपर्ने र राष्ट्रिय खेलसंग आवद्ध र सम्बन्धित खेलकुद संघमा आवद्ध रहेको तथा आयोजकले आयोजना गरेको खेलकुदमा सहभागि हुनुपर्ने सम्बन्धित अधार (योग्यता) हरु ऐन बमोजिम बाध्यात्मक योग्यताका बिषयहरु रहेकोे शुक्रबार आदालतले जारी गरेको अन्तरिम आदेशमा उक्त कुरा उल्लेख गरिएको छ ।

तोकिएको मिति २०७९ चैत्र १९ को अन्र्तवार्ता र प्रस्तुतीकरण परिक्षा लिनु अगाडी पर्न आएका दरखास्तवालाहरुको उपरोत्तानुसारको योग्यता र अनुभवको बिषयमा हेरी, अन्तरवार्ता वा प्रस्तुतीकरण परिक्षाका लागि योग्यता परिक्षण सम्बन्धी प्रारम्भिक छनौट गरी उपयुक्त देखिने उम्मेदवार/दरखास्तवालाहरुलाई मात्र सम्बन्धी परिक्षामा सामावेश गर्न आलतले आदेश दिएको छ ।

शुक्रबारको वहशमा बरिष्ठ अधिवक्ता मुकुन्दराज अर्याल तथा विद्धान अधिवत्ता कमल पौडेल र निवेदक अधिवत्ता श्रीधर शर्माले शुक्रबार बहस गरेका थिए । निवेदक अधिवक्ता स्वयं सदस्य सचिवको उम्मेदवार समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close