नेपाल ट्राइयाथलन संघको विशेष साधारण सभा सम्पन्न

पोखरा स्पोर्टस । नेपाल ट्राइयाथलन संघको केन्द्रिय विशेष साधारण सभा काठमाण्डौमा सम्पन्न भएको छ ।

विशेष साधारण सभाले संघलाई संघिय संरचना अनुरुप अघि बढाउने गरी विधान संसोधन प्रस्तावलाई सर्वसम्मत पारित गरेको हो । विशेष साधारण सभा बारे जानकारी दिंदै संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले संघलाई संघिय संरचना अनुरुप अघि बढाउने अघि बढ्न सभाले म्यानडेट दिएको बताए ।

“परिवर्तित अवस्थामा संघलाई नयाँ खेलकुद विकास ऐन अनुरुप हामी अघि बढ्न म्यानडेट दिएको छ । हामी अव संघिय संरचना अनुरुप जिल्ला र प्रदेशको संरचना गठन गर्ने गरी विधानलाई संसोधन गर्नेछौं,“ अध्यक्ष श्रेष्ठले भने । विधान संसोधन लगतै ट्राइयाथलन संघको जिल्ला र प्रदेश संघ गठन हुनेछन् भने संघले नयाँ नेतृत्व छनोट गर्ने अध्यक्ष श्रेष्ठले पोखरा स्पोटर्सलाई बताए ।

संघका संस्थापक अध्यक्ष एवं पूर्व मन्त्री गणेशमान पुनको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा संघका उपाध्यक्ष एवं निवर्तमान प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, संघका उपाध्यक्ष एवं पूर्व गण्डकी प्रदेश सांसद दीपक कोइराला लगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

संघका केन्द्रिय अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभामा संघका केन्द्रिय सदस्य सुमन देवकोटासमेत आफ्ना भनाई राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close