आर्चरी प्रशिक्षकका लागि ओलम्पिक सोलीडेरिटी कोर्ष पोखरामा सुरु

पोखरा स्पोर्टस । पोखरा रंगशालाको आर्चरी प्रशिक्षण केन्द्रमा आर्चरी प्रशिक्षकका लागि ‘आर्चरी लेभल वान’ ओलम्पिक सोलीडारिटी टेक्निकल कोर्ष सुरु भएको छ ।

नेपाल आर्चरी संघको आयोजना, नेपाल ओलम्पिक कमिटिको सहयोग, वर्ल्ड आर्चरी महासंघको प्राविधिक सहयोगमा शनिबार देखि उक्त प्रशिक्षण सुरु भएको हो । संघका अध्यक्ष दीपकराज गुरुङका अनुसार आर्चरी खेलको विकास र विस्तार गर्ने उद्धेश्यले यही चैत १७ गतेसम्म उक्त प्रशिक्षण पोखरामा हुने जनाएका छन् ।

पोखरामा ओलम्पिक सोलिडेरिटी कोर्ष लामो समय पछि सञ्चालन भएको हो । अधिकांश खेलका संघहरुले राजधानी केन्द्रित प्रशिक्षणहरु सञ्चालन गरे पनि आर्चरीले कोभिड १९ पछि पहिलो पटक राजधानी बाहिर कोर्ष सञ्चालन गरेको हो ।

कास्की जिल्ला आर्चरी संघको व्यबस्थापनमा भएको ओलम्पिक सोलिडेरिटी कोर्षमा गण्डकी प्रदेश सहित कोशी प्रदेश, बागमती प्रदेश, सुदुर पश्चिमाञ्चल प्रदेश, विभागिय टोली शसस्त्र प्रहरी वल र नेपाली सेनाका समेत गरी १५ जना प्रशिक्षकहरु सहभागि भएका छन् ।

प्रशिक्षणमा ५ जना महिला सहभागि भएको संघ कास्की आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले बताएका छन् । वर्ल्ड आर्चरीका विज्ञ अल्जेरीयन प्रशिक्षक खालीद लामाण्डेले उक्त प्रशिक्षण गराउने भएको संघले जनाएको छ ।

नेपालमा आर्चरी खेलको धेरै सम्भावना भए पनि प्रशिक्षक अभाव भएकोले उक्त सोलिडेरिटी कोर्षले प्रशिक्षकहरु उत्पादन गर्न सहयोग पुग्ने संघका महासचिव रमेश प्रसाद शिवाकोटीले बताए ।

यसैबिच, एक साता चल्ने उक्त प्रशिक्षणको नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज बहादुर गुरुङले उद्घाटन गरेक थिए । कार्यक्रममा बोल्दै उनले यस्ता प्रशिक्षणमा सहभागिहरुले आ–आफ्नो क्षेत्रमा खेलाडी उत्पादन संगै आर्चरी खेलको विकास र सम्वर्द्धनमा लाग्न आग्रह गरे । ओलम्पिक सोलिडेरिटी कोर्षले आर्चरीको हालका नयाँ नियमहरु सिक्न र सिकाउन समेत सहजता हुने उनको भनाई थियो ।

पोखरामा ओलम्पिक सोलिडेरिटी कोर्ष लामो समय पछि सञ्चालन भएको हो । अधिकांश खेलका संघहरुले राजधानी केन्द्रित प्रशिक्षणहरु सञ्चालन गरे पनि आर्चरीले कोभिड १९ पछि पहिलो पटक राजधानी बाहिर कोर्ष सञ्चालन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close