
पोखरा स्पोर्टस । बागलुङ कालिका चैत्राष्टमी मेलामा ‘कालिका कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०७९ हुने भएको छ ।
चैत्राष्टमी मेला मुल आयोजक समिती २०७९ को अवसरमा उक्त प्रतियोगिता आयोजना हुन लागेको हो । बागलुङ बाङ्गेचौर खेल मैदानमा आयोजना हुने उक्त प्रतियोगिता चैत्र १३ देखि १७ गते सम्म हुने भएको खेल संयोजक अर्जुन खडकाले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।
विविध कार्यक्रमसहित आयोजना हुने प्रतियोगिताको तयारी सुरु गरिएको जानकारी दिंदै आयोजक मध्येका सन्दिप पन्तले प्रथम हुने टिमले नगद ३ लाख, दोस्रो हुनेले नगद रु १ लाख ५० हजार, तेश्रो हुने टिमले नगद रु ५० हजार तथा सान्तवना हुने टिमले नगद २० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त हुने जानकारी दिए ।
प्रतियोगितामा उत्कृष्ट हुने खेलाडी एक जनालाई नगद २० हजारका साथमा ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।
